समुदाय संक्रमण देखिएको भन्दै भिमाद ६ दिन बन्द

  • ख-
  • ख+

भिमाद: समुदाय संक्रमण देखिएको भन्दै भिमाद नगरपालिकाले ६ दिनका लागि भिमाद। बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । भिमाद ६ को पुरै र ७ को बजार प्रवेश नाका बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

शनिबार बसेको सर्वपक्षीय बैठकले भिमाद ६ क्याम्पस रोडमा संक्रमण देखिएको र बढी आवतजावत बढ्ने क्षेत्र भएकाले अत्यावश्यक बाहेक सेवा बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकामा शनिबार ६ नंबर वडामा २७ वर्षका व्यक्ति र २ मा ५ वर्षका बालकमा संक्रमण भेटिएको थियो । अब भिमाद मालेबगर, वागटार, क्याम्पर रोड, पुरानो बजार लगायतका भीडभाड क्षेत्रका व्यक्तिहरुको सवाब संकलन गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी