टिकाको साईत १०ः१९ बजे

  • ख-
  • ख+

काठमाडौंः यसपालीको बडादशैंको टिकाको साईत कार्तिक १० गते विहान १०ः१९ बजे उत्तम देखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहिबार सार्वजनिक गरेको साईत अनुसार बडा दशैंको दिन १०ः ११ मा देवी बिसर्जनपश्चातको उक्त समय टिकाका लागि उपयुक्त देखिएको हो ।

समितिले कार्तिक १ गतेबाट शुरु हुने बडा दशैंका विभिन्न मुख्य दिनका लागि साईतहरु सार्वजनिक गरेको छ ।

समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी