‘फरार’ ११ एकै दिन पक्राउ

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रहरीले अदालतबाट सजाय भुक्तान भै भुक्तान नगरेका ११ जनालाई बिहिबार पक्रेको छ । अदालतबाट सजाय फैसला भए पनि कार्यान्वयन नभएकालाई पक्राउ गर्दै अदालत बुझाउने क्रममा प्रहरीले एकै दिन ११ जनालाई पक्रेको हो ।

पक्राउहरुमा बैंकिङ कसुर, सवारी ज्यान, सम्बन्ध बिच्छेदलगायत मुद्दामा सजाय फैसला भएका व्यक्ति छन् । तनहुँका डिएसपी युवराज तिमल्सेनाका अनुसार उनीहरुबाट दुई लाख २ हजार रुपैयाँ जरिवाना तथा ८ दिन कैद सजाय बाँकी थियो ।

सजाय भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएकामा केही जरिवाना तिरेर गएको र बाँकी सजाय भुक्तानका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी