आदिकविमा पहिलो महिला सहायक प्रमुख बनिन् कल्पना

  • ख-
  • ख+

दमौली:

अादिकवि भानुभक्त क्याम्पस दमाैलीकाे सहायक क्याम्पस प्रमुखमा कल्पना लम्साल चयन भएकी छन् ।सन्चालक समितिकाे बुधबार सम्पन्न बैठकले सहायक क्याम्पस प्रमुखमा उनलाई चयन गरेको हो । यसअघि सहायक क्याम्पस प्रमुखको रूपमा रहेका अात्माराम बास्तोला र सदाखर तिमिल्सिनाकाे समयावधि सकिएपछि शिक्षा बिभागकाे प्रमुखमा रहेकि लम्साललाई चयन गरिएको हाे । २०६५ सालबाट अध्यापन सुरु गरि स्थायी उपप्राध्यापककाे रूपमा कार्यगत लम्साल चयन भए सँगै भानुभक्त क्याम्पसले पहिलोपटक सहायक क्याम्पस प्रमुखको रूपमा महिला प्राध्यापक पाएकाे छ । एम.एड , एम फिल गरेकि लम्साल छात्रावास समेत हेर्ने क्षमतावान उपप्राध्यापककाे रूपमा पर्दछिन । क्याम्पस सन्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनाकाे अध्यक्षतामा क्याम्पस हलमा सम्पन्न बैठकले अन्य थुप्रै महत्त्वपूर्ण निर्णय समेत गरेको छ। क्याम्पसमा करार शिक्षक कर्मचारी काे ६ महिना म्याद थप , कर्मचारी प्राध्यापकको तलव सुबिधा , IQAC मा अात्माराम बास्तोलालाइ चयन , विभागिय प्रमुखको म्याद थप अादि बिषयमा निर्णय भएको क्याम्पस सन्चालक समिति का सदस्य बिकास खनालले बताए । बैठकमा पुर्व अध्यक्ष एवं जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले , पुर्व क्याम्पस प्रमुख एवं ब्यास नगर प्रमुख बैकुण्ठ न्याैपाने , रामचन्द्र बस्नेत , समुन्द्र गाेदार लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी