१ सय ३० ऋषिङे परिवारलाई सहास नेपालको राहत

  • ख-
  • ख+

ऋषिङः सहयोगी हातहरुको समुह(सहास) नेपालले कोभिड–१९ का कारण समस्यामा परेका १ सय ३० परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।

गाउँपालिकाका आठवटै वडाका बासिन्दालाई साढे ३ हजार किलो चामल, २ सय ७० किलो दाल, १ सय ४० लिटर तेल तथा १ सय ४२ किलो नुन वितरण गरिएको परियोजनाकी सम्झना श्रेष्ठले जानकारी दिइन् ।

नियमित काममा जान नसकेका तथा आर्थिक समस्यामा परेका परिवारलाई छनौट गरी राहत वितरण गरिएको संस्थाले जनाएको छ । ‘दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई राहत वितरण गरिएको हो,’ सहास नेपाल ऋषिङ्गका संयोजक गंगाराम मगरले भने ।

ऋषिङ्ग क्षेत्रमा कृषि, पशु उत्पादन तथा उपजमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम गरिरहेको संस्थाले गाउँपालिकाभित्र स्वास्थ्य सामाग्रीहरु समेत वितरण गरिरहेको छ ।

विभिन्न समुहहरु निर्माण गरि विपन्न परिवारहरुलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरु पनि संस्थाले संचालन गरिरहेको छ । राहत वितरणका लागी ऋषिङ्ग गाउँपालिकाले स्थानीयस्तरमा ढुवानीको व्यवस्थापन गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी