अकला मन्दिर धार्मिक एतिहासिक दृष्टिकोणले महत्वपूर्ण : मुख्यमन्त्री पोख्रेल

  • ख-
  • ख+

बिकास खनाल म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका वडा नं ३ किलचोकमा रहेको अकलादेवी मन्दिर धार्मिक एतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले बताएका छन् ।

शनिवार मन्दिर दर्शन गर्दै मुख्यमन्त्री पोख्रेलले यश ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्ने भन्दै यो ठाउँ पिकनिक स्पोर्टका लागि पनि उपयुक्त रहेको बताए । मन्दिर निरिक्षण कार्यक्रममा गण्डकी प्रदेश योजना आयोगका प्रमुख डा.रघुराज काफ्ले, म्याग्दे गा.पा. काकी अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे , म्याग्दे ने.का .का सभापति रामभक्त घिमिरे , सचिव गौरबराज राना , अकला मन्दिर व्यवस्थापन समितीका अध्यक्ष राधिका पन्त, केदार घिमिरे आशिष श्रेष्ठ लगायतका ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री पोख्रेललाइ म्याग्दे गाउँपालिका अध्यक्ष राना तथा उपाध्यक्ष घिमिरेले मन्दिरको अवस्था र गर्न बाँकी कामको बारेमा जानकारी गराएका थिए । मन्दिर परिसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको रू ४० लाख र म्याग्दे गाउँपालिकाको ८ लाख सहयोगमा भजनकिर्तन भवन निर्माण सम्पन्न भएको छ ।


मन्दिर रहेको ठाउँ :

पहाडी भुभागले सिँगारिएको , खोल्सि र पखेरिहरू पहिरिएर अग्लो भागमा अबस्थित ,अत्यन्त मनमोहक र आकर्षक स्थानमा आफ्नो छुट्टै महत्व र इतिहास बोक्दै धार्मिक अँस्थाको केन्द्रको रूपमा अकला मन्दिर रहेको छ । मन्दिरमा महत्वपूर्ण सक्तिपिठ तथा परापुर्व कालदेखि धार्मिक स्थलको रूपमा पुजा गरिँदै अएको जानकारहरू बताउँछन् ।

धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यको रूपमा अगाडि बढेको मन्दिरमा समितिको आन्तरिक कोशबाट ७१ लाखको लागतमा पशुपतिनाथ मन्दिरको शैलीमा पुनर्निर्माण गरिएको छ । यससँगै भजन किर्तन भवन , पार्टीहरू गोलाकार शैलीमा निर्माण गरिएको छ ।


किम्बदन्ति :
२०४४ सालमा स्थानीय हरिराज वगालेका छोरा सुवोद अचानक सिकिस्त बिरामी भए र उपचारको लागि अस्पताल पुर्याइयो।सुविधासम्पन्न अस्पताल पुर्याउँदा समेत यहाँ हुन्न भनियो,त्यो सुनेर हरिराजले आत्तिदै अस्पताल बाटै भाकल गरे र मेरो छोरा बचाइदिनुस अकला देवि भगवान म यहाँ लाग्ने खर्च सबै तपाईंको नाममा समर्पित गर्छु भने र घरमा आइ पुजा सँगै सबै कुरा समर्पित गर्दा छोरालाइ क्रमश सन्चो हुँदै गयो ,यसले त्यहाँको महत्त्वलाई उजागर गर्नमा सहयोग गर्यो।

त्यस्तै २०३९ साल चैतमा जङ्गलमा लागेको आगोको झिल्काले टिपेर माथिल्लो किल्चोक पारिगाउँमा रहेका २२र२३ घर सबै नस्ट भएको,गोठमा बाँधेका गाई भैंसी मरेको र त्यहि बेला भारतको आसाममा कामको सिलसिलामा रहेका स्थानिय पशुपति नाथ घिमिरेले सपनामा गाउँमा अनिस्ठ भएको देखेको र किन यस्तो भयो भनी सोधखोज गर्दै जाँदा रजस्वला भएको महिलाले अकलादेवि रहेको वरपर फोगर गरेको,अन्यले पनि त्यहीँ लगेर जाँडका छोक्राहरू फालेर असुद्द बनाएको हुँदा देवि रिसाएर यस्तो अनिस्ठ भएको हो भन्ने बुजि पुजापाठ गरेर देवीको सँरक्षण गरि सान्ति गराएको भन्ने किम्बदन्ति रहेको छ।

त्यस्तै २०२५ सालमा त्यहाँ सधैंभरि पानी आइरहने पँधेरो अकस्मात सुक्यो,४ बर्सजति त्यहाँका मानिसहरू काकाकुल भए,के भएर यस्तो भयो भनेर गाउँलेहरू चिन्तित भए ,सोधखोज गरे धेरैले दुख पाए,यसोत्यसो गर्दै जाँदा २०३० सालमा एकजना जान्ने सन्त भेट भयो,सन्त समक्ष सबै बृतान्त कहँदै दुख बिसाए,सन्तले त्यहाँ ठुला देवता छन तिमीहरूले वास्ता गरेनौ,रेखदेख गरेनौं,पुजापाठ,धुप अछेता गरेनौं त्यसकारणले यो अनिस्ठ भएको हो,अब यहाँ पुजापाठ,धुप अछेता गर्ने र पवित्र यज्ञ गर्ने हो भने राम्रो हुन्छ भनेपछि १३ जना ब्राह्मण राखेर १००० चण्डी पाठ गरेको र त्यसो गर्दा पानी पलाउन थालेको,घण्टा बज्न थालेको र त्यहीँबाट साक्षात भगवान उत्पन्न हुनुभो भन्दै हरेक समय पुजापाठ गर्न थालेको जनविश्वास रहिआएको छ।


मन्दिरको बिशेषता :

म्याग्दे गाउँपालिका वडा नँ ३ किल्चोकमा रहेको अकला देवि मन्दिरमा भाकल गर्ने र आफ्नो मनोकाँक्षा पूरा हुने बिस्वासका साथ भक्तजनहरू धेरै टाढा टाढा देखि आउने गर्दछन।तनहुँका विभिन्न स्थान,कास्की,स्याङ्जा ,लमजुङ ,काठमाडौं तथा पोखरा लगायतका ठाउँबाट यहाँ पुजा गर्न भक्तजनहरू आउँछन। यहाँ आर्इ पुजा गर्दा नवोलेका बच्चाहरू बोल्ने गर्दछन भन्ने जनबिस्वास छ।

एकै ब्यक्तिले एउटै थलामा बसेर १००० चण्डी पाठ गरेको,२०५५ सालमा योगि नरहरि नाथले कोटिहोम लगाएको,हरेक सालको बैसाख,साउन,कात्तिक र माग गरि ४ महिना रूद्रिपुजा गरिने,जर्मस्टमि,रामनवमि, श्रीपन्चमिमा विशेष पुजा गरिने, हुनाले पछिल्लो समय यहाँको महत्त्व बढ्दै गएको छ।

पाठो,कुखुरा ,हाँस ,को बलि दिइने यहाँ औंशिको दिनमा पुजा गरिँदैन ।३ रोपनि क्षेत्रफलमा फैलिएको यश मन्दिरको अर्को बिसेसता भनेको बार्हैमास मिठो कटहर फल्ने तथा पाक्ने रहेको छ।२०३९ सालबाट यश मन्दिरमा पुजारीको रूपमा लामो समय काम गर्दै आएका स्थानीय बयोबृद्द पशुपति नाथ घिमिरेका अनुसार मन्दिर भित्र रहेको अग्लो सिलामा विभिन्न देविदेवताहरूको प्राकृतिक आकृतिहरू देख्न सकिन्छ ।

सुर्य,शिव,गणेश,सरस्वती ,बिस्णु,हनुमान र नागदेवता रहेको यश मन्दिरमा झुण्डाइएका घण्टाहरू कसैले नवजाउँदा पनि आफै बज्दछन।त्यस्तै मुख्य मन्दिरमा रहेको भगवान शिवको प्रतिकको रूपमा रहेको उक्त शीला लाई मन्दिर निर्माण गरि सँरक्षण गरिएको छ।


उद्धेश्य :
पृथ्वीराजमार्गको धयेँरे बाट ३ किलोमिटर दक्षिण दिशामा पर्ने र अग्लो डाँडामा अबस्थित शाश्वत भगवानको रूपमा रहेको यस मन्दिरमा दैनिक पुजापाठ लाई ब्यबस्थित गराइएको मन्दिर निर्माण अभियानमा लागेका रामभक्त घिमिरेले बताए ।

अक्षयकोष स्थापना , पिकनिक स्पोट ,साधुसन्त आउँदा बस्ने पाटि ,बसपार्क , पानीको ब्यवस्था लगायतका उद्देश्य सहितका काम अहिले भैरहेको छ र यसैको आधारमा पर्यटकीय धार्मिक स्थल बनाउन मन्दिर समिति अगाडि बढेको छ । पुर्वमा सिम्ले,पश्चिममा बतासेको पुर्वी भाग,उत्तरमा मडुवाबन तिलहार र दक्षिणमा पारिगाउँ पर्ने यहाँ जानको लागि मोटरबाटोको ब्यबस्था छ।

धार्मिक आस्थाको केन्द्र किल्चोककि अकलालाइ माथि उकास्न तथा अझै बढी प्रचारप्रसार गर्न समयसमयमा महायज्ञ पनि लगाउने गरिँदै आएको छ। पछिल्लो समयमा यहाँ मुख्य मन्त्री देखि मन्त्री लगायतका बिशिस्ट ब्यक्तिहरू आउने क्रम बढेको छ । यस्तै प्रख्यात लोकदोहोरि कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल लगायतको टिमपनि यहाँ बेलाबेलामा आइ यहाँको बिशेषता र महत्व झल्काउने काम गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्