‘हारेर’ पनि ‘जितेका’ प्रदीप नतिजामा किन तल परे ? यी हुन् ४ कारण

  • ख-
  • ख+

दमौलीः सभापतिमा देखिएको गुटगत रंग तोडेर कार्यकर्ताले उपसभापति र महामन्त्रीजस्ता पदमा फरक गुटमा मतदान गरेर एक हिसाबले कांग्रेसलाई गुटगत ब्यालेन्समा ल्याए । यसरी गुटगत घेरा तोडेर चुनाव जित्नेमा धेरै युवापंक्तिमा लोकप्रियता कमाएका नेता छन् ।

तर, युवामाझ लोकप्रिय तनहुँका नेता प्रदीप पौडेल भने यो घेराबाट बाहिरिए । महामन्त्रीमा सिटौला समूहको प्रतिनिधित्व गर्दै तुलनात्मक रुपमा बलियो देउवा प्यानलबाट चुनाव लडेका पौडेलको नतिजा आशातित राम्रो रहन सकेन ।

सभापतिमा शेरबहादुर देउवाले दुवै चरणमा शानदार जित निकाल्दा धेरैले यो रुझान चुनावी अरु पदको परिणाममा पनि आउने आँकलन गरेका थिए । तर, त्यसो भने हुन सकेन । देउवाकै प्यानलका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल दुवैले जित्न सकेनन् ।

महत युवामाझ तुलनात्मक धेरै लोकप्रिय नभएकाले उनको हारलाई अस्वाभाविक नमानिए पनि युवामाझ लोकप्रिय र यस अघि संस्थापनइतर समेत लोकप्रिय पौडेलले दुवै धारबाट मत ल्याउलान् भन्ने आंकलन गरिएको थियो ।
तर पनि किन हारे प्रदीप ? दमौली न्यूजले यसबारे विश्लेषण गर्ने प्रयत्न गरेको छ ।


गुटगत हिसाबले उनीसँग नजिक र टाढा सबैतिरका नेताले प्रदीपलाई सघाएनन्, बरु आक्रमण गरे । फलतः नतिजामा उनी पछि परे ।

१) देउवा गुटबाट विश्वास नपाउनु
चुनाव लड्नु केही अघिसम्म मात्र पनि सभापति शेरबहादुर देउवाको चर्को आलोचना गर्ने पौडेललाई गुटप्रति प्रतिवद्ध देउवाप्रति इमान्दार नेता कार्यकर्ताले रुचाएनन् ।

सिटौलासँगको कार्यगत एकताकै कारण आफ्ना गुटका दावेदारहरुलाई पाखा लगाएर देउवाले टिकट दिएकाले कार्यकर्ता मात्र होइन सो पदका आकांक्षी नेताहरु नै प्रदीपको पक्षमा नरहेको चर्चा चलेको छ । उनीहरुको सहयोग नहुनु प्रदीपले हार्नुको एक कारण बन्न पुग्यो ।

२) शीर्ष नेताको आँखाको तारो
प्रदीप अहिले महामन्त्रीमा लडेका सबैभन्दा कान्छा र कतिपय केन्द्रीय सदस्य चुनाव लडेका नेताभन्दा पनि जुनियर हुन् । उनले चुनाव जितेमा उनीहरु सबै प्रदीपकै अण्डरमा रहनुपर्ने बाध्यता थियो ।

तशर्थ, गुटगत हिसाबले उनीसँग नजिक र टाढा सबैतिरका नेताले प्रदीपलाई सघाएनन्, बरु आक्रमण गरे । फलतः नतिजामा उनी पछि परे ।


पूर्वतर्फको मतमा विश्वप्रकाशले अप्रत्यासित अग्रता लिइरहँदा गण्डकीतर्फको मतमा प्रदीपको अग्रता आउन सकेन । चुनाव अघि आफ्नो गुटलाई जिताउन लागेको र अहिले गुट फेरेको दुवैको सिकार बनेका उनले गण्डकीमा न संस्थापन र न इतरकै मत तान्न सके ।

३) गण्डकी प्रदेशको कमजोर प्रभाव
प्रदीप गण्डकी पौडेलको तनहुँ जिल्लाका हुन् । तर, गण्डकी प्रदेशका शीर्ष नेताहरु कसैको साथ उनले पाएनन् ।

पूर्वतर्फको मतमा विश्वप्रकाशले अप्रत्यासित अग्रता लिइरहँदा गण्डकीतर्फको मतमा प्रदीपको अग्रता आउन सकेन । चुनाव अघि आफ्नो गुटलाई जिताउन लागेको र अहिले गुट फेरेको दुवैको सिकार बनेका उनले गण्डकीमा न संस्थापन र न इतरकै मत तान्न सके ।


झिनो मतले प्रदेश सभा सदस्य चुनाव हारेका प्रदीपमा चुनावी व्यवस्थापनको कमजोर अवस्थाको नतिजा यसपाली झनै प्रष्ट रह्यो ।

४) कमजोर व्यवस्थापन
फोन कम उठाउने भनेर आलोचित प्रदीप आफ्नो चुनावी अभियान व्यवस्थापनमा धेरै सफल हुन सकेनन् । सामाजिक सञ्जाल, चुनावी व्यवस्थापन र मतदाता तान्ने काममा जति उनका प्रतिष्पर्धी गगन थापा र विश्वप्रकाश हावी भए, तनहुँका नेता कार्यकर्ताको बढी भर लिएका प्रदीपले त्यति साथ पाएनन् ।

झिनो मतले प्रदेश सभा सदस्य चुनाव हारेका प्रदीपमा चुनावी व्यवस्थापनको कमजोर अवस्थाको नतिजा यसपाली झनै प्रष्ट रह्यो ।

मिडियालाई आफ्नो पक्षमा पार्न गगन र विश्वप्रकाशले कुनै कसर राखेनन् । तर, सामाजिक सञ्जाल र मुलधारको मिडिया परिचालनमा प्रदीपको कमजोर व्यवस्थापनले नकारात्मक भूमिका खेल्यो ।


आफूलाई मतदान गर्ने मतदाताको मतको सम्मान गर्दै अरुलाई रिझाउन सके कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेझैं एउटा महाधिवेशनले राजनीति सकिन्न भन्ने सन्देश प्रदीपले पनि पाएका छन्, दिएका छन् ।

तर हारेर पनि जिते प्रदीप
चारैतिर आक्रमणको सिकार भए पनि प्रदीपले १४ औं महाधिवेशनमा एउटा कोणबाट भने जीत प्राप्त गरेका छन् । देउवा गुटको दबदबाकाबीच उनले सिटौला गुटको प्रतिनिधि बनेर भए पनि टिकट हात पारे ।

यो कलिलो उमेरमा महामन्त्रीको टिकट पाउनु पनि उनका लागि ठूलो सफलता हो । उपविजेताका रुपमा आगामी चार वर्ष उनलाई थप मेहनत गर्ने अवसर मिलेको छ ।

र, आफूलाई मतदान गर्ने मतदाताको मतको सम्मान गर्दै अरुलाई रिझाउन सके कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेझैं एउटा महाधिवेशनले राजनीति सकिन्न भन्ने सन्देश प्रदीपले पनि पाएका छन्, दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी