
दमौली : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तनहुँले वन्दिपुरमा रहेका मध्ये १४ वटा होटललाइ स्तरिकरणको ख बर्गको लोगो बितरण गरेको छ ।
होटलमा अनुगमन गरि गुणस्तरीयता र सुद्धताको आधारमा लोगो बितरण भएको क्षेत्रीय होटल संघ बन्दिपुरका सभापति बिपिन प्रधानले बताए । अनुगमन तथा लोगो बितरण कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यलय तनहुँका प्रमुख प्रशान पोख्रेल , खाद्य निरिक्षक बन्दना पन्त , उद्योग बाणिज्य सँघ बन्दिपुरका सभापति घनश्याम उपाध्याय , शनद कुमार श्रेष्ठ , सँगिता प्रधान लगायतको उपस्थिति रहेको प्रधानले बताए ।