भारतसँग हार्यो नेपाल

  • ख-
  • ख+

दमौली: माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको छ । आइतबार भएको खेलमा भारतका कप्तान सुनिल क्षेत्रीले ८२ औं मिनेटमा निर्णायक गोल गरेका थिए । यससँगै माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको प्रतियोगितामा भारतले पहिलो जित निकालेको छ । भारतले ३ खेलमा ५ अंक जोडेको छ । भारत तेस्रो स्थानमा समेत उक्लिएको छ । नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी