शुक्लागण्डकी अपडेटः दुई वडाका क्षेत्रमा एक साता ‘लक डाउन’

  • ख-
  • ख+

दुलेगौंडाः एक्कासी १७ जनामा नयाँ संक्रमण भेटिएपछि शुक्लागण्डकी नगरपालिकाले सोमबारबाट एक साताका लागि दुई वडाका केही भागमा पूर्ण रुपमा बन्दाबन्दीको निर्णय गरेको छ ।
नगर कार्यपालिकाको बैठकले सोमबारबाट लागू हुने गरी असोज १२ गतेसम्म शुक्लागण्डकी ५ ज्ञानज्योति टोल र शान्तिटोलको क्षेत्र तथा शुक्लागण्डकी १० को साँखे बजार क्षेत्रमा बन्दाबन्दीको निर्णय गरेको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए ।


शुक्लागण्डकी ५ का एकै परिवारका दुई घरमा बस्ने १२ जनासँगै प्रहरी, भारतीय सैनिकलगायत १७ जनामा सोमबार संक्रमण पुष्टि भएको थियो ।


प्रवक्ता कुमालले सबै नगर नभै संक्रमित क्षेत्रमा बन्दाबन्दी गरेर रोकथामको उपाय गरिन लागेको जानकारी दिए । ‘संक्रमण फैलन नदिन थप सचेतनासँगै बन्दाबन्दीको निर्णय गरेका छौं,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी