शुक्लागण्डकीमा एक्कासी कसरी बढे संक्रमित ?

  • ख-
  • ख+

एकै परिवारका १२ जनामा कोरोना
दुलेगौंडाः शुक्लागण्डकी नगरपालिकामा एकै परिवारका १२ सहित १७ जनामा कोरोनाको संक्रमण भेटिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मध्याह्न सार्वजनिक गरेको विवरणमा १७ जनामा संक्रमण भेटिएको थियो ।

उनीहरुमध्ये शुक्लागण्डकी ५ का १२ जना एकै परिवारका दुई घरका व्यक्ति रहेको खुलेको छ । केही दिन अघि शुक्लागण्डकी ५ का एक सुनचाँदी व्यवसायीमा संक्रमण भेटिए पछि उनका परिवारका दुई घरका व्यक्तिलाई होम क्वारेन्टिन राखेर नमूना संकलन गरिएको थियो ।

उनीहरुको सोमबार आएको नतिजाले अधिकांशमा संक्रमण देखिएको छ । अर्का संक्रमित यस अघि संक्रमण भेटिएका व्यवसायीका घरधनी छन् । उनी विद्यालयका प्रधानाध्यापक पनि हुन् ।
संक्रमितमा नौ वर्षकी बालिकादेखि ५७ वर्षका बुज्रुक छन् ।

परिवारका नौ महिला र तीन पुरुषमा यसपाली संक्रमण भेटिएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए । ‘अर्का पुरुष सदस्यमा संक्रमण देखिएपछि उहाँहरुलाई होम क्वारेन्टिनमा राखिएको थियो,’ उनले भने,‘अहिले संक्रमितहरु घरभित्रै रहेकाले थप अरुको सम्पर्कमा हुनुहुन्न ।’

बाँकी संक्रमित प्रहरी र सैनिक
नगरपालिकाका ६ र ११ नम्बर वडाका ४२ र ३५ वर्षका पुरुष भारतबाट बिदामा आएका गोर्खा सैनिक हुन् । उनीहरु होम क्वारेन्टिनमा थिए ।

ड्युटीमा खटिएका प्रहरीमा पनि संक्रमण
संक्रमण भेटिनेमा ड्युटीमा खटिएका प्रहरी पनि छन् । उनी शुक्ला १० को प्रहरी बिटमा खटिएका थिए । सोही क्रममा उनको नमूना शंकलन गरेर पठाइएको थियो ।


सजगता बढाउनुपर्ने देखियोः प्रवक्ता

शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले भानुमा जस्तै समुदाय संक्रमण नबढोस् भनेर सजगता बढाउनुपर्ने अवस्था आएको बताएका छन् । ‘समुदाय संक्रमण नहोस् भनेर आवश्यक सजगताका उपाय अपनाउँदैछौं,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी