किन फेरिए तनहुँका सिडिओ आचार्य ?

  • ख-
  • ख+

दमौलीः तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको सरुवा भएको छ ।

तनहुँमा प्रशासनिक प्रमुखको एक वर्ष कटाएका आचार्यलाई गृह मन्त्रालय सरुवा गरिएको छ । उनको ठाउँमा राष्ट्रिय विपद् प्राधिकरणका सह सचिव विश्वप्रकाश अर्यालले तनहुँको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्नेछन् ।

धेरैले प्रजिअको सरुवालाई आकस्मिकतासँग जोडे पनि एक वर्ष कार्यकाल पूरा गरेका आचार्यको सरुवा नियमित भएको जानकार बताउँछन् ।

बुल्दी पुल घटनामा तत्कालीन सरकारको दबाबका कारण केही आलोचित भए पनि आचार्यले आफ्नो कार्यकालमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनकै कार्यकालमा डि तहबाट बढुवा भएर तनहुँ प्रशासन उत्तम अर्थात ए माइनससम्म पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी