कोरोना अपडेटः नवलपरासीका १ को मृत्यु, शुक्लागण्डकीमा २ संक्रमित

  • ख-
  • ख+

दमौलीः कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप एकको ज्यान गएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्वअन्र्तगत देवचुली ११ का ३१ वर्षिय पुरुषको संक्रमणका कारण शुक्रबार राती ज्यान गएको हो ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको ज्यान गएको बुझिएको छ । उनीसँगै गण्डकी प्रदेशमा संक्रमणका कारण ज्यान जाने ३२ पुगेको छ ।

शुक्लागण्डकीमा दुई संक्रमित
पछिल्लो समय शुक्लागण्डकी नगरपालिकामा लगातार संक्रमित भेटिन थालेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पे क्लिनिकमा परीक्षणका लागि गएका दुई जनामा संक्रमण भेटिए को छ । शुक्लागण्डकी ४ का १६ र १९ वर्षका पुरुषमा संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी