क्वारेन्टिनमा बसेर भोजमा जाने संक्रमितलाई ५ हजार जरिवाना

  • ख-
  • ख+

होम क्वारेन्टिन उल्लंघन गर्नेलाई गज्जबको सजाय
दुलेगौंडा :
कोरोनाको आशंकामा होम क्वारेन्टिनमा हुनुहुन्छ ? बाहिर हिंडडुल गर्नुभएको छ ? होस् गर्नुस् है । तपाईं कारबाहीमा पर्न पनि सक्नुहुन्छ ।

तनहुँको एउटा नगरपालिकाले होम क्वारेन्टिनको मापदण्ड पालना नगर्नेमाथि नगद जरिवाना थालेको छ । त्यो पनि थोरै होइन, पाँच हजार !

शुक्लागण्डकी नगरपालिका ११ का २३ वर्षका पुरुष गत भाद्र २२ गते भारतबाट आएका थिए । उनको २९ गते पीसीआर परीक्षण रिपोर्ट आयो । रिपोर्टले उनमा कोरोना संक्रमण भएको पुष्टि भयो ।

उनमा संक्रमण भेटिएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्दा उनले धेरै व्यक्तिसँग सम्पर्क गरेको खुलेको छ । साथी भाईसँग भेट्नुका अलावा उनले भोजभतेरमा समेत गएको खुलेको छ ।

‘उनले ४० जनासँग सम्पर्क कायम गरेको भेटियो,’ स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले भने,‘घरमै बस्छु भनेर भनेका व्यक्ति भोजभतेरमा गएको पाइएपछि जरिवाना गरेका छौं ।’


ती व्यक्तिलाई पाँच हजार जरिवाना गराइएको उनले बताए । ‘यसले अरुलाई पनि लापरबाही नगर्न सन्देश दिने भएकाले जरिवाना तिराइएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी