तनहुँ कोरोना अपडेटः एक मृत्यु, २७ संक्रमित

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक महिलाको ज्यान गएको छ ।

ज्यान जानेमा शुक्लागण्डकी १ कि ७१ वर्षिया महिला छन् । उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।


पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । १२ महिला र १५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तनहुँमा ९७ जनाको एन्टिजेन तथा पीसीआर नमूना संकलन गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी