ओली क्याम्प छाडेपछि किसान श्रेष्ठः ‘एमाले छाडेको छैन, लौरो लगाएर लेखेटे सोच्छु’

  • ख-
  • ख+

पवन पौडेल
दमौलीः
नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीका हार्डलाइनर मानिने तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले आफू नेपाल क्याम्पमा प्रवेश अप्रत्यासित भएको बताएका छन् ।

दमौली न्यूजसँग यस प्रकरणबारे खुलेर कुरा गरेका उनले भने,‘मेरो मनले सर्वोच्च अदालतको फैसलाको सम्मान र जनताले दिएको म्याण्डेट पुरा गर्नुपर्छ भनेर मत दिएको हुँ । यो मेरो हृदयको सम्मान हो ।’ यस अघि दमौली न्यूजले यस विषयमा जिसासा राख्दा उनले आफू अध्यक्ष ओलीप्रति प्रतिवद्ध रहेको दाबी गरेका थिए ।


‘विश्वासको मत दिएपछि नेपालले खोज्नुहोला’
श्रेष्ठको भनाईलाई मान्ने हो भने नेपाल समूहका कोही पनि नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुपर्छ भनेर ‘कन्भिन्स’ गरेका थिएनन् । बरु उनी आफैंले गएर मत दिएका हुन् ।

‘मलाई मेरा तनहुँका जनताले जे गर्नुपर्छ भनेर भने मेरो आत्माले त्यही मानेको हो,’ उनले भने,‘कसैले भनेर केही गरेको होइन ।’ उनले आफूले विश्वासको मत दिए पछि नेपाल समूहबाट सम्पर्क हुने अपेक्षा गरेको पनि बताए ।

‘मैले मत दिए पछि धेरैको फोन आएको छ । कार्यकर्ता विभाजित छन्,’ उनले भने,‘म जिल्ला आए पछि यसबारे परामर्श गर्छु ।’

तर उनले यसो भनिरहँदा श्रेष्ठलाई कन्भिन्स गर्न नेपाल समूहका जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ, माधवबहादुर पन्त विशेष सक्रिय भएको चर्चा जिल्लाको राजनीतिवृत्तमा छ । उनीहरुले सार्वजनिक रुपमा त्यसो नभने पनि आन्तरिक नेता कार्यकर्ताको छलफलमा किसानलाई ‘कन्भिन्स’ गरेको बताउने गरेका छन् ।


एमाले छाडेको छैन
सांसद श्रेष्ठले आफूले एमाले नछाडेको जिकिर गरे । ‘म एमाले नै थिएँ, छु र रहनेछु’ उनले भने,‘तर मलाई कसैले लौरो लगाएर लेखेटे भने सोच्नुपर्छ ।’ उनले आफू केही दिनमा जिल्ला आउने र कार्यकर्ता तथा नेतासँग भावी दिनबारे परामर्श गर्ने बताए ।

‘मैले मत दिए पछि धेरैको फोन आएको छ । कार्यकर्ता विभाजित छन्,’ उनले भने,‘म जिल्ला आए पछि यसबारे परामर्श गर्छु ।’

राजनीतिक करिअर जोखिममा राखेर विवादास्पद सांसद अपहरण काण्डमा संलग्नको आरोप खेपे पनि ओलीले पटक पटक मन्त्रीको आश्वासन दिएको कुरा पुरा नगरे पछि उनी खेमासँग चित्त दुःखाइको अवस्थामा थिए ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको विश्वासका पक्षमा मत दिए पछि कार्यकर्तावृत्तमा ठूलो बहस र विभाजन देखिएको छ । उनको साथमा रहेकामध्ये केहीले समर्थन र केही बिरोधीको कित्तामा उभिएका छन् । श्रेष्ठले अब सबैसँग सम्वाद गरेरै अघि बढ्ने बताए ।

मुद्दासँगको ‘साइनो’ ?
कतिपयले उनलाई अस्थिर राजनैतिक व्यक्ति भनेर टिप्पणी पनि गर्ने गरेका छन् । तर श्रेष्ठले भने आफूनिकटसँग ओली पक्षमा हार्डलाइनर भएर लागे पनि उताबाट मूल्यांकन नभएको गुनासो गर्ने गरेका छन् ।

राजनीतिक करिअर जोखिममा राखेर विवादास्पद सांसद अपहरण काण्डमा संलग्नको आरोप खेपे पनि ओलीले पटक पटक मन्त्रीको आश्वासन दिएको कुरा पुरा नगरे पछि उनी खेमासँग चित्त दुःखाइको अवस्थामा थिए ।

श्रेष्ठको नेपाल समूहमा प्रवेशसँगै पहिले आफ्नो निर्णयबाट असन्तुष्टको चित्त बुझाउनु चुनौती हुनेछ । दोश्रो, आफू ओली गुटमा रहँदा प्रतिसोधको सिकारमा परेका नेता कार्यकर्ताको मन खुशी पार्नु पनि उनकासामु देखिएका चुनौती हुन् ।

कतिपयले उनको सरकारलाई समर्थनमा उनीबारे अनुसन्धानमा रहेको तथा रोकिएको मुद्दासँग पनि साइनो जोड्ने गरेका छन् । कुराकानीका क्रममा श्रेष्ठले आफूले कुनै शर्त वा सम्झौता गरेर नभै मतदाताको भावना कदर गरेर समर्थन गरेको जिकिर गरे ।

श्रेष्ठका अबका चुनौती
लामो समय ओली खेमामा रहँदा माधव नेपाल निकटका तनहुँका नेता कार्यकर्ताविरुद्ध असहिष्णु तरिकाले लागेको आरोप उनीमाथि लाग्दै आएको छ । यस्तोमा श्रेष्ठको नेपाल समूहमा प्रवेशसँगै पहिले आफ्नो निर्णयबाट असन्तुष्टको चित्त बुझाउनु चुनौती हुनेछ ।

दोश्रो, आफू ओली गुटमा रहँदा प्रतिसोधको सिकारमा परेका नेता कार्यकर्ताको मन खुशी पार्नु पनि उनकासामु देखिएका चुनौती हुन् ।

र, यसैले उनको भावी राजनीतिक भविष्य र सफलता वा असफलता निर्धारण गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी