सुविधा भएर पनि दुर्गम बनेका ऋषिङपाटनवासीको कथा

  • ख-
  • ख+

भिमादः

तनहुँको दक्षिणी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र भीमाद बजार । पहिल्यैदेखि व्यापारिक केन्द्र भिमाद दक्षिणमा सुविधासम्पन्न मध्येको सहर हो । त्यही सहरको नजिकै अर्को ग्रामीण सहर नयाँ सहरी क्षेत्रका रुपमा विकास भैरहेको छ । कालोपत्रे सडक छ, बिजुलीबत्ती छ । बसाई पनि बाक्लिंदैछ । तर एउटै कुरा मात्र छैन, नजिकको सहर जोड्ने वान्ट्याङ खोलामा पुल । यही अभावका कारण ऋषिङपाटनवासी आफूलाई दुर्गममै भएको महसुस गरिरहेका छन् ।

प्रदेश सरकारबाट बिनियोजित बजेटबाट पक्की सडक निर्माण भए पनि बढेको खोला तर्नुपर्ने समस्या भने समाधान हुन सकेको छैन । देब्रेतर्फ बुडुवाफाँट विपरित तर्फ ऋषिङपाटनका बिचबाट बहने वान्ट्याङ खोला बर्षातका समयका कहिलेकाही उर्लेर उच्च बहाबका साथ बग्ने गर्दछ ।


ऋषिङपाटन

खोला उर्लेका बखत त्यहाँबाट सवारी मात्रै नभई मान्छे पनि आउजाउ गर्न सक्दैनन् । ऋषिङ पाटन र बुडुवाफाँटका बासिन्दाको आपसी सम्बन्ध भौगोलिक निकटतामा मात्रै सीमित छैन ।

यहाँका हरेक सामाजिक, धार्मिक कार्यका अतिरिक्त कृषि कर्मका लागि मेलापात, पर्व तथा उत्सव र समस्यामा परेका बखत एक आपसमा सहजै जमघट हुनु यहाँको विशेषता हो । ऋषिङ पाटनका अधिक बासिन्दाको कृषि कर्मको थलो बुडुवाफाँट क्षेत्र पर्दछ ।

अन्य विकासका पुर्वाधारका र जनघनत्व तथा भिमाद बजार सरह र सो बजारबाट ४ किलोमीटरको मात्रै दुरीमा रहेको यस ठाउँ समथर क्षेत्र रहे ता पनि पुलको अभावमा यो क्षेत्र वर्षातको समयमा भने पिछडिएको जस्तो आभास हुन्छ ।

‘भिमाद अनि अन्त जानुपर्दा मात्रै होइनखेतीपातिका लागि मात्रै भएपनी दैनिक पारी जानुपर्छ , अन्य समस्या वा बिरामी पर्दा झनै कठिन हुन्छ । ‘पाटन युवा क्लब का अध्यक्ष अमृत गैह्रेले भने ।अर्कोतर्फ छोरेपाटनकार डाडाडुङका बासिन्दाको पनि समस्या कम छैन ।

अन्य कार्यका ऋषिङपाटन जानुका अतिरिक्त त्यस क्षेत्रको एक मात्रै सामुदायिक दिपक माध्यमिक विद्यालय अध्ययनका लागि जाने बालबालिकाको लागि बर्षातको समयमा वान्ट्याङ खोला तरेर जानु झनै जोखिमपुर्ण छ ।

‘बर्खे बिदाका समयमा मात्रै पानी पर्दैन , यो सिजनमा केटाकेटीलाई स्कुल नपठाम पढाइ बिग्रेला कि भन्ने पिर, पठाम् के हुने हो भन्ने चिन्ता । ‘हुने खानेले भिमादका बोर्डिङमा पठाउँछन् हाम्रो समस्या कसले पो बुझ्छ र?’, एक स्थानीय अभिभावकले चिन्ता व्यक्त गरे ।

बुडुवा फाँट


अन्य विकासका पुर्वाधार र जनघनत्व तथा भिमाद बजारसरह र सो बजारबाट ४ किलोमीटरको मात्रै दुरीमा रहेको यस ठाउँ समथर क्षेत्र रहेता पनि पुलको अभावमा यो क्षेत्र वर्षातको समयमा भने पिछडिएको जस्तो आभास हुन्छ । खोला बढेका बखत नगरपालिका केन्द्र तथा अन्य स्थानमा जाने स्थलमार्गसँगको यसको सिधा सम्पर्क टुट्ने गर्दछ ।

प्रतिबद्धता अनुसार काम भएन ः जनप्रतिनिधि
स्थानीयको लामो यस समस्या समाधान नहुनुमा स्थानीय जनप्रतिनिधि तनहुँ जलविद्युत आयोजना र पुर्वाधार विकास कार्यालय नवलपुरलाई जिम्मेवार ठान्छन् । ‘जलविद्युतका लागि ड्याम बन्दा डुबान हुने क्षेत्र भएका कारण जलविद्युत आयोजनाले पुल हामी बनाउँछौ भनेपछि अन्त पहल गरिएन,’ भिमाद नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पदमबहादुर थापाले भने जलविद्युतको भर पर्दा जनतालाइ सास्ती भयो ।

‘दोहोरिने काम नहोस् भनेर हामीले पूर्वाधार विकास कार्यालयमार्फत काम अघि बढाउन खोजेका हौं,’ उनले भने,‘अब केही दिनमै पोखरामा यस विषयमा बैठक बसेर काम टुंग्याउँदैछौं ।’


भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापा प्रदेश सरकारका प्राविधिकले तयार पारेको डिजाइनमा समस्या भएकाले काम रोकिएको तर अब अघि बढ्ने बताउँछन् । उनले तनहुँ जलविद्युतसँग यसबारे समन्वय गर्ने भन्दै करिब १२ करोडमा पुल बन्ने त यारी रहेको बताए ।

२०७६ साल असार ५ गते नगरपालिका कार्यालयमै पुर्वाधार विकास कार्यालय नवलपुरले तत्काल डिजाइन तयार गरि पुल निर्माण कार्य अगाडि बढाउने र सो कार्यको लागत अनुसारको भुक्तानी जलविद्युत आयोजनाले व्यहोर्ने सहमति भएतापनी हालसम्म कार्यान्वयन नहुनुमा दुवै कार्यालयको कमजोरी रहेको उनले बताए ।

डिजाइनले गर्दा काम रोकियो, अब केही समयमै अघि बढ्छः तनहुँ जलविद्युत आयोजना


आयोजना प्रभावितको बसोबास भएकाले पुल निर्माणका लागि चासो देखाएको तनहुँ जलविद्युत आयोजना काममा ढिलाइ हुनुको कारण डिजाइनिङ भएको बताउँछ । ‘पुलको डिजाइनिङ अन्त जस्तो यहाँ सहज छैन,’ आयोजना प्रमुख अच्युतबाबु घिमिरे भन्छन्,‘त्यही भएर समस्या छ ।’


पुल बनाउनका लागि पहिले बनेको डिजाइनमा आफ्ना प्राविधिकले केही सुधार गरेर पठाउन भने पनि नयाँ डिजाइन नआएकाले कामै अघि बढ्न नसकेको उनले दमौली न्युजलाई बताए ।

‘दोहोरिने काम नहोस् भनेर हामीले पूर्वाधार विकास कार्यालयमार्फत काम अघि बढाउन खोजेका हौं,’ उनले भने,‘अब केही दिनमै पोखरामा यस विषयमा बैठक बसेर काम टुंग्याउँदैछौं ।’
आयोजनाका श्यामजी भण्डारीले यस विषयमा आफूहरुले समन्वय गरिरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी