म्याग्देमा नमूना ‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’: सुत्केरी महिलालाई २४ हजार

  • ख-
  • ख+

विकास खनाल
म्याग्दे ः
तनहुँको १० स्थानीय तह मध्ये म्याग्दे गाउँपालिका मात्रै महिलाले नेतृत्व गरेको गाउँपालिका हो । तर यस आधारमा गाउँपालिका कम होइन झन बढी गतिमा अघि बढिरहेको छ ।
यस गाउँपालिकाले ल्याएका कतिपय नीति तथा कार्यक्रम अरुले समेत सिको गर्ने गरेका छन् ।
त्यस्तै मध्येको एक हो, अध्यक्षसँग सुत्केरी कार्यक्रम ।


पोहोर माघ २० गतेदेखि २०७८ लागू कार्यक्रम नेपालका ७५३ वटै पालिका मध्ये म्याग्देमा पहिलो पटक ल्याइएको दावी गरिएको थियो । गाउँपालिकाको क्षेत्र भित्र प्रसुति तथा कुपोषण मुक्त बालबालिका विकास गर्न र स्याहारको अभावमा आमाको ज्यानै जाने अवस्था घटाउन कार्यक्रम ल्याएको म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बनाइन् ।


कार्यक्रमअन्र्तगत प्रसुति हुनभन्दा अगाडिको र भए पश्चातको १५ ÷ १५ दिनको समय गरि १ महिना अस्पताल वा स्वास्थ्य संस्थामा रहँदा पौष्टिक खाना किन्नका लागि गाउँपालिकाले हरेक दिन आठ सय रुपैयाँ गाउँपालिकाले खर्च दिने गरेको छ । यसबाहेक गाउँपालिकाले सुत्केरीलाई घर पठाउँदा प्रति ब्यक्ति दुई हजार रुपैयाँ यातायात खर्च र ६ हजार नवशिशु पोषण खर्च गरेर थप आठ हजार रुपैयाँ नगद पनि उपलब्ध गराउने गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।


गाउँपालिकाले गर्भवती तथा प्रसुति कुरूवा एक एक जनालाई कुरूवा भत्ता समेत प्रदान गर्ने गरेको छ । ‘नेपालमै पहिलो पटक म्याग्देमा यस्तो व्यवस्था हामीले शुरु गरेका हौं,’ उपाध्यक्ष घिमिरे भन्छन्,‘धेरै महिलाले यसबाट फाइदा लिएका छन् ।’


सुत्केरीका क्रममा नवजात शिशुको कपडा, न्यानो झोला, हटकेश, थर्मस आदि सामग्री समेत गाउँपालिकाले व्यवस्थापन गर्ने प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । गाउँपालिका भित्रको अस्पतालमा नहुने खालको जटिल प्रकृतिको गर्भवती लाई अन्यत्र प्रसुति गराउनका लागि रिफर गर्ने तथा सोको यातायात खर्च नवजात शिशुलाइ बिरामी भइ अन्यत्र सिफारिस गर्नुपर्दा समेत सोहि बराबरको रकम जनही ५ हजारका दरले उपलब्ध गराउने गरिएको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए ।

यसका अलावा स्वास्थ्य संस्थामा ल्याउँदा र लाँदाको सवारी व्यवथापन समेत गाउँपालिकाले गर्ने गरेको छ । सर्वसाधारण र लक्षित वर्ग धेरै भन्दा धेरै लाभान्वित भउन् भनेर गाउँपालिकाले यो कार्यक्रम अगाडि बढाएको र यसलाई प्रभावकारी बनाएर अगाडि बढ्दा उपलब्धिमुलक बनेको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए ।

उनका अनुसार जामुने स्वास्थ्य चौकिमा कोभिड १९ को महामारीमा पनि स्वास्थ्यकर्मीहरूले सफल र सुरक्षित सुत्केरी सेवा प्रदान गरिरहेका छन् ।


संस्थागत सुत्केरी सेवालाइ प्रोत्साहन गर्दै गाउँपालिकाले सुरक्षित मातृत्व तथा शिशु स्याहार मोडेल कार्यक्रम मार्फत गर्भवती सुत्केरी पोषणका लागि रु १० हजार, नवशिशु पोषण तथा स्याहारका लागि रु ६ हजार, निःशुल्क आतेजातेका लागि रु २ हजारसँगै सुत्केरी संग अध्यक्ष कार्यक्रम मार्फत सुत्केरी खाजा कार्यक्रम मार्फत रु ३हजार र मातृ सुरक्षा कार्यक्रम मार्फत रु २ हजार ८ सय गरि प्रत्येक सुत्केरीले जम्मा रु २३ हजार ८ सय पाउने घिमिरेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी