पहुँच नहुनेको साहारा ‘जेसिआई व्यास नगर’

  • ख-
  • ख+

दमौलीः कोभिडको दोश्रो लहर बढ्न थालेर लकडाउन घोषणा भएसँगै सामाजिक सञ्जालमा आफ्नो क्षेत्रका बासिन्दालाई निःशुल्क यातायात सेवा दिने भन्दै स्ट्याटस राख्ने क्रम बढ्न थालेको थियो । केहीले निजी तथा केहीले सार्वजनिक साधनलाई नै अप्ठेरोमा परेकालाई निःशुल्क दिने भने ।


सामाजिक सञ्जालमा धेरैले राखे पनि व्यवहारमा बिरामीले निकै कम मात्र एम्बुलेन्स पाउने अवस्था आयो । अझ संक्रमणको जोखिम ठानेर एम्बुलेन्स चढ्न डराउने अनि आफ्नै साधन नहुनेका लागि झनै अस्पताल जान आउन निकै कठिन भयो ।

‘कहिले राती, कहिले बिहान चारैतिरबाट फोन आउने गरेको छ,’ अध्यक्ष खनाल भन्छन्,‘हामीले अवस्था हेरी प्राथमिकता दिएर साधन पठाउँछौं ।’


सार्वजनिक यातायात नचल्ने एम्बुलेन्स चढ्न मन नमान्ने अनि सामाजिक सञ्जालमा लोकप्रियताका लागि स्ट्याटस राख्नेले फोन गर्दा कहिले के कहिले के भनेर टार्ने ।
यस्तो समयमा जेसिआई व्यास नगरले अप्ठेरोमा परेका नागरिकलाई भन्दै निःशुल्क यातायात सेवा शुरु ग¥यो । ‘एम्बुलेन्समा संक्रमित बिरामी पनि बोक्ने भएकाले जोकोही चढ्न हिच्किचाउँथे । केही त एम्बुलेन्स नै जाने खालका बिरामी पनि थिएनन्,’ सेवा शुरु गर्नु अघिको समय सम्झँदै जेसिआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनाल भन्छन्,‘सुत्केरी र गर्भवतीको स्वास्थ्यलाई पनि ध्यानमा राखेर सहजतापूर्वक यातायात सेवा दिनुपर्छ भन्ने सोचेर शुरु ग¥यौं ।’


जब जेसिजले सेवा थाल्ने घोषणा ग¥यो, पहिलो दिनमै दुई घण्टा हिंडेर दमौली आएकी सुत्केरीलाई पोखरा पु¥याइयो । ‘भानुबाट दुई घण्टा हिंडेर सिमपानीसम्म आउनुभएको रहेछ,’ खनाल भन्छन्,‘दमौली अस्पतालले पोखरा लैजानुपर्छ भनेछ तर रकम जोहो गर्न नसकेकाले परिवार चौतारामै बसिरहेको थाहा पाएपछि हामीले पोखरा पठायौं ।’


‘हामीले क्लबकै सदस्यबाट आर्थिक संकलन गरेका छौं,’ महासचिव अजर नागिला भन्छन्,‘जेठ मसान्तसम्म यसैगरी चलाउने सोच छ । त्यसपछि सोच्नुपर्ला ।’


सञ्चारमाध्यममा पनि त्यो घटनाले वाहीवाही पायो । सँगै, क्लबको सेवाबारे धेरैले थाहा पनि पाए । त्यसयता क्लबले थालेको यो सेवा लिन धेरैले फोन गर्ने गरेका छन् । ‘कहिले राती, कहिले बिहान चारैतिरबाट फोन आउने गरेको छ,’ अध्यक्ष खनाल भन्छन्,‘हामीले अवस्था हेरी प्राथमिकता दिएर साधन पठाउँछौं ।’


क्लबले यस अभियानका लागि हालसम्म सदस्यबाहेकको सहयोग लिएको छैन । ‘हामीले क्लबकै सदस्यबाट आर्थिक संकलन गरेका छौं,’ महासचिव अजर नागिला भन्छन्,‘जेठ मसान्तसम्म यसैगरी चलाउने सोच छ । त्यसपछि सोच्नुपर्ला ।’


क्लबका अध्यक्ष खनाल मात्र शुरुमा बिरामी लिन खटिने गरेका थिए । क्लबकै एक सक्रिय सदस्य अनुप दाहालको सवारी भएकाले क्लबले तेल हाल्नेबाहेक अरु शुल्क बुझाउनु पर्दैन ।

अहिले यस अभियानमा क्लबका अरु पदाधिकारी पनि जुटिरहेका छन् । ‘सार्वजनिक सवारी नचल्दा पहुँच नपुग्नेका लागि सेतु बन्ने उद्देश्य हो,’ अध्यक्ष खनाल भन्छन्,‘धेरैतिरबाट पाएको हौसलाले सन्तुष्टि दिएको छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्