परिवारसहित संक्रमण देखिएपछि केन्द्रीय सदस्य भट्टराईको घरमै उपचार

  • ख-
  • ख+

दमौलीः छोरा तथा आफूलाई एकसाथ कोरोना संक्रमण भेटिए पनि कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईको घरमै उपचार थालिएको छ ।


शनिबार आएको पीसीआर नतिजामा भट्टराईसहित उनका छोरामा संक्रमण पुष्टि भएको थियो । उनको घरमै उपचार भैरहेको कांग्रेस आमन्त्रित जिल्ला सदस्य सुरेश भट्टराईले जानकारी दिए ।


उनका अनुसार पहिला छोरामा लक्षण देखिएकामा पछि भट्टराईमा समेत समस्या देखिएको थियो । कांग्रेस जनसम्पर्क विभागका प्रमुख समेत रहेका भट्टराई बिरामी परेको खबर आउनासाथ सुभेच्छुकले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी