विपक्षी मोर्चा: १४६ सांसदले दायर गरे २८ बुँदे रिट

  • ख-
  • ख+

काठमाडौं : प्रतिनिधिसभामा तत्काल कायम रहेका सांसद संख्याको ५३ दशमव ८७ प्रतिशत अर्थात् १४६ जनाले सोमबार सशरीर उपस्थित भएर प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोविरुद्ध रिट दर्ता गराए ।

२८ बुँदे रिट निवेदनमा विघटित प्रतिनिधिसभा पुनःस्थापना, बहुमतको हस्ताक्षरसहित राष्ट्रपति भण्डारीलाई निवेदन दिएका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।

रिटसहित नियतबस प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको नियत झल्किने भन्दै केही दशी प्रमाण पनि पेश गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी