प्रधानमन्त्री ओली भन्छन्,‘राष्ट्रपतिको अधिकारमा प्रश्न उठाउन मिल्दैन’

  • ख-
  • ख+

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई संविधानले दिएको अधिकार प्रयोग गर्दा प्रश्न उठाउन नमिल्ने जिकिर गरेका छन् ।


संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकार रहेको भन्दै यसबारे कहीँ उजुरी नलाग्ने उनको भनाई छ ।

पत्रकार अन्र्तक्रियाका क्रममा उनले भने,‘स्वविवेकिय अधिकारविरुद्ध कहीँ उजुरी लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई नमान्ने र मर्यादा नगर्ने काम भएको भन्दै आक्रोश पनि पोखे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्