कविता :- “पैरवी”
हो!
पग्लनु पर्छ हिउँका मन हरु।
आसुँको बाछिटा बनेर बर्षनु पर्छ!
आगोका लप्का निभाउन कै लागि!
किमार्थ स्वीकार छैन!
बरफको भुंग्रोमा मान्छेका मन पिल्सिएको हेर्न!
स्वीकार छैन प्यासै प्यासको आहाल मा पौडिन!
बिरक्त भएको छ मान्छे! चिच्याउनु स्वाभाविक हो चिच्याउनु पर्छ!
माया ममता र स्नेहको खडेरीले धाजाँ फाटेका मनको चीत्कार स्वभाविक लाग्ग्नु पर्छ।
अंतर मन!
आकांक्षि ज्वारभाटा बोकेर जब उर्लन्छ!
मस्तिष्कको पिरामिड ढलपल हलिन्छ!
यथार्थमा यो भौतिक दुनियाँ निर्जीव लाग्छ,मृत अनि शून्य लाग्छ!
बंकर भित्रको बारुदी च्याम्बरमा युगको भाग्यरेखा नियाल्दा नियाल्दै!
हिमालय को गर्भ तूहेको छ!
पहाडको अस्मिता धुल्याम्य भएको छ! बाझाँ टार अनि खोरिया भरी ऐजेंरु पलाएको छ।
मानचित्रमा आफ्नै अनुहार खोजेर!
यो सृष्टिका सृष्टिकर्ता हरु!
प्रदुषणको साम्राज्य भित्र आफ्नो प्रतिबिम्ब खोजिरहेका छन। “
पैरवी” समयको दासता मेटाउन! हिउँ उम्लनुको कुनै विकल्प छैन्!
पानी जम्नु को अर्को विकल्प छैन! बादल बर्षनु को विकल्प छैन!
मान्छेका काधमा उक्लेर! किन चिच्याउनु हुन्छ महोदय?
फगत कविता लेखेर!
यो समयको रफ्तारलाई तपाईं ओट् नलगाउनु महोदय!
~आकाश अधिकारी-तनहुँ।