दमौलीः व्यास ४ को नेपाली कांग्रेसका वडा सचिव सरोज भण्डारी कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विषय विज्ञमा नियुक्त भएका छन् ।
प्रतिष्ठानका प्रमुख एवं पार्टी उप सभापति विमलेन्द्र निधिले भण्डारीलाई साना तथा मझौला उद्योग तथा हस्तकला विषयगत समितिको विज्ञका रुपमा नियुक्त गरेका हुन् ।