खुला भएसँगै बढ्यो विप्लवको गतिविधि

  • ख-
  • ख+

दमौली:शान्तिपूर्ण राजनीतिमा आएसँगै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले खुला गतिविधि बढाएको छ ।गण्डकी ब्युरो अन्तर्गत तनहुँमा नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले सहिद सप्ताह अन्तर्गत सहिद परिवारलाई अभिनन्दन गरेको छ ।

बन्दीपुर गाउँपालिका वडा नं १ नाहालामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी ब्युरो जनसरकार प्रमुख निरू थापा , सदस्य रूपेस वाग्ले , लमजुङ जिल्ला इन्चार्ज अाक्राेस लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम निशानकाे संयाेजकत्वमा भएको ब्यास नगर इन्चार्ज अाेम बिक्रम पन्तले बताए ।

यसैबीच, भिमादमा पनि साेहि समुहले सहिद सप्ताहलाई पारेर महिला भेला सम्पन्न गरेको छ । ब्युरो इन्चार्ज निशाकाे संयाेजकत्वमा सम्पन्न भेलाले कल्पना रामदामकाे संयाेजकत्वमा १५ सदस्यीय समिति चयन गरेको छ ।

नेकपा जिल्ला सेक्रेटरी अानन्द तथा जिल्ला कमिटीका सदस्यहरूकाे उपस्थितिमा भएको उक्त भेलामा महिलाको हक अधिकारकाे बारेमा बाेलिएकाे थियो । कार्यक्रममा जिल्ला सेक्रेटरी अानन्दले अहिलेसम्म पनि समाजमा पुरूष सरह महिलाको हक अधिकार स्थापित नभएकोले महिला अाफैँ बाहिर निस्कनु पर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी