एक नेपालीको टाउकोमा ऋणको भारी ४७ हजार २ सय

  • ख-
  • ख+

प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २ सय रुपैयाँ भन्दा बढी ऋणभार परेको छ ।

सरकारले लिएको आन्तरिक र वाह्य ऋणलाई नेपालको कुल जनसंख्याले भाग गर्दा नेपालीको टाउको ४७ हजारभन्दा बढी ऋणको भार परेको हो ।

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दा एक नेपालीको भागमा ४७ हजार २ सय २ रुपैंया ४६ पैसा ऋण देखिएको हो ।

आज सार्वजनिक भएको तथ्यांकले सरकारी ऋण १४ खर्ब १९ अर्ब पुगेको छ जुन अघिल्लो आवको भन्दा ३ खर्ब ७१ अर्बले बढी हो ।

२०७७ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी वाह्य ऋण रु. ८०५ अर्ब ८३ करोड र आन्तरिक ऋण रु ६१३ अर्ब २१ करोड गरी कुल तिर्न बाँकी सरकारी ऋण रु. १४ खर्ब १९ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३७.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३०.३ प्रतिशत रहेको थियो ।

सरकारले लिएको आन्तरिक र वाह्य ऋणलाई नेपालको कुल जनसंख्याले भाग गर्दा नेपालीको टाउको ४७ हजारभन्दा बढी ऋणको भार परेको हो ।

आज भदौ ८ गते केन्द्रीय तथ्यांक विभागअनुसार नेपालको जनसंख्या ३ करोड ६१ हजार ९ सय ९५ जना रहेको छ । नेपालको कुल जनसंख्याले कुल ऋणभारलाई भाग गरेर प्रत्येक नेपालीको ऋणभार निकालिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी