अनशन चौतारीः उबेला गणतन्त्र अहिले राजसंस्था ल्याउने आन्दोलनको केन्द्र

  • ख-
  • ख+

पवन पौडेल
जहाँबाट राजतन्त्र अन्त्यको बिगुल फुकेको केही महिनामै देशबाट शताब्दीऔं लामो इतिहास बोकेको राजतन्त्रको अन्त्य भयो, त्यही अनशन चौतारी र आसपासको क्षेत्रमा १५ वर्ष पछि त्यही राजतन्त्रका पक्षमा नारा लाग्यो ।


राजाविरुद्ध आन्दोलनमा उत्रेका सात दलले चौतारालाई अनशन बस्न प्रयोग गरे पछि आन्दोलनकारीले ठाउँको नाम नै अनशन चौतारी घोषणा गरिदिए । अहिले दमौली तथा आसपासमा यो ठाउँ त्यही राजतन्त्रविरुद्धको आन्दोलनको लिगेसीका रुपमा छ । सबैले त्यही नाउँबाट चिन्छन् । भेला, सभा र समारोहका लागि प्रयोग हुने यही चौतारीले डेढ दशकमै अचम्मको परिवर्तन देखेको छ ।


पवन पौडेल


अनशन चौतारी क्षेत्र तत्कालीन जिविस सभापति स्वर्गीय फणिन्द्रबहादुर पाण्डेको निवास हो । जहाँ, उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहका पालामा जिविस सभापति भए पछि ढुंगा प्रहार भएको पनि थियो । तर त्यही ठाउँमा शुक्रबार राजतन्त्रका पक्षमा नारा लाग्यो । ईतिहास बनिसकेको संस्था फर्काउन नारा लगाउनेमा २०६२÷०६३ सालका आन्दोलनमा जस्तै देखिने युवा जमात थियो ।

अनशन चौतारी क्षेत्र तत्कालीन जिविस सभापति स्वर्गीय फणिन्द्रबहादुर पाण्डेको निवास हो । जहाँ, उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहका पालामा जिविस सभापति भए पछि ढुंगा प्रहार भएको पनि थियो । तर त्यही ठाउँमा शुक्रबार राजतन्त्रका पक्षमा नारा लाग्यो ।


एकाधबाहेक सबै शक्ति मिलेर राजतन्त्र उन्मूलनको आन्दोलनमा लाग्दा तत्कालीन शासकले त्यही अनशन चौतारीसम्मै सैनिक सवार हेलिकोप्टर पठाएर दमन गर्न खोजेका थिए । सैनिकले हतियार समेत तेस्र्याउँदा पनि अटसमटस नभैकन राजतन्त्र हटाउने आन्दोलनमा लागेका कांग्रेस महासमिति सदस्य कृष्णप्रसाद गौतम आज आफूहरुले जेका विरुद्ध आन्दोलन थालेका थिए, त्यसैको समर्थनमा देखिएको युवा उपस्थितीले चकित देखिन्थे ।


तर मुलधारका शक्तिहरु शासनसत्तामा रहेकै बेला शासकिय शैली र भ्रष्टाचारबाट आजित नागरिकले सायद यसको विकल्प खोजेका छन् । एउटा भर्खरै नाउँ सुनिएको राष्ट्रवादी अभियानको ब्यानरमा झण्डै हजार हाराहारीका मानिस राजतन्त्र हटाउन प्रयोग भएको थलोमै उपस्थित हुनुले अहिलेको दलिय शासनव्यवस्था र चरम भ्रष्टाचारका कारण मानिस दलहरुले खराब भनेको ‘प्रतिगमन’कै पक्षमा गैरहेको देखाउँछ ।

कार्यक्रमका एक अगुवा उज्वल भट्टराईको मुहारमा देखिएको हर्षले त्यसैको संकेत गरेको थियो । ‘एक हजार जति युवा आएको अनुमान छ,’ उनी हौसिंदै थिए,‘पृथ्वी जयन्तीमा अझ बढी उतार्छौं ।’
राप्रपाका केन्द्रीय सदस्य राजेन्द्र अधिकारी र जिल्ला अध्यक्ष विनोद घर्ती यस आन्दोलनमा सक्रिय बने । उनीहरुले दलिय झण्डाभन्दा आस्थागत कुरा मिलेकाले युवाको आन्दोलनमा सघाएको बताए । कार्यक्रममा उपस्थित हेर्दा राप्रपाका कार्यकर्ताभन्दा सामान्य नागरिकको बाहुल्यताले पनि कुनै दल भन्दा पनि राजसंस्थाका पक्षधर बढ्न थालेको प्रतित हुन्थ्यो ।


मुलधारका राजनैतिक शक्तिले नेतृत्व नदिंदा पनि विभिन्न यस्ता समूहका नाममा उत्रने युवा जमातलाई अहिलेको शासनव्यवस्थाले सम्बोधन गर्न नसक्ने हो भने राजसंस्थाका पक्षमा देखिएको तरंग अझै फैलने निश्चित छ ।

देशभर दल र सत्ताको अवरोधका बाबजुद बढ्न थालेको आन्दोलनले माग गरेजस्तै सक्रियताविहिन ‘राजसंस्था’ फर्केला ? बाटो त्यति सहज त छैन । तर यो तरंगको कम्पन अझ बढ्दै जाने हो भने विगत भुल्न माहिर नेपालीले फेरि बेलायतमाझैं गुमेको राजसंस्था फैलाए भने त्यो आठौं आश्चर्य हुने छैन ।



देशभर दल र सत्ताको अवरोधका बाबजुद बढ्न थालेको आन्दोलनले माग गरेजस्तै सक्रियताविहिन ‘राजसंस्था’ फर्केला ? बाटो त्यति सहज त छैन । तर यो तरंगको कम्पन अझ बढ्दै जाने हो भने विगत भुल्न माहिर नेपालीले फेरि बेलायतमाझैं गुमेको राजसंस्था फैलाए भने त्यो आठौं आश्चर्य हुने छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी