राजापानी मन्दिरमा ६ वटा फुलकाे डाेली तारियो

  • ख-
  • ख+

विकास खनाल

राजापानी : सिद्धेश्वर महादेवथान मन्दिर ब्यास ९ मा यसपटक एकादशीका दिन ६ वटा फुलकाे डाेली तारिएकाे छ । हरेक एकादशीका दिन निकै भिडभाड हुने र ठुलो संख्यामा फुलकाे डाेली तार्ने गरिएको भए पनि यसपटक भने काेराना त्रासका कारण संख्या घटेको हाे । हरेक वर्ष एकादशीका दिन ब्रत बसेर पुजा गर्न पुग्ने व्यास ४ कि सम्झना थापाले पनि यसपटक मन्दिरमा चहलपहल निकै कम भएको बताइन्।

‘पाेहाेर साल मानिस हरूकाे निकै भिडभाड र रमाइलो थियो , तर यसपटक त्यस्तो देखिएन,’ थापाले भनिन्। उनको जस्तै अनुभव दमाैलीबाटै दर्शनका लागि गएकी शिवा भण्डारीकाे पनि रह्याे । उनले पनि यसपटक भक्तालुहरूकाे चाप निकै घटेको पाएकाे बताइन् । ‘पहिले पहिले पुजा गर्न मन्दिरमा दर्शन गर्न निकै लामो लाइन लाग्न पर्थ्याे , घण्टाै बस्दा बल्ल पालाे अाउथ्याे तर यसपटक भने मानिसको चाप निकै न्यून हुँदा पाेहाेर साल जस्तो घण्टाैँ लाइन बस्नु परेन ‘ व्यास१ कि सविना भण्डारीले बताइन्।

राजापानि महादेव मन्दिर निकै पुरानो र एतिहासिक रहेकोले यहाँ टाढाबाट मानिसहरू पुजाअाचाकाे लागि अाउने गरेको स्थानीय शिक्षक राजु पाैडेलले बताए ।

मन्दिरको किंवदन्ती

सु. सुर्यबहादुर थापा

मन्दिर संरक्षण समिति अध्यक्ष

‘करिब १९९७ सालतिर स्थानीय गाेपाल भुजेलले हाल मन्दिर रहेको ठाउँ अासपास घैयाबारि नजिकै महादेवकाे शिला देखेछन र त्यसलाई चिन्न नसकि कति राम्रो ढुङ्गा रहेछ यसलाई माथि गाउँमा लग्छु भनी देउराली थान सम्म पुर्याएछन र त्यहाँबाट माथि लान लाग्दा सकेनछन । भाेलिपल्ट फेरि अाएछन र माथि लान खाेज्दा सकेनछन् । पर्सिपल्ट पुन अाइ जबर्जस्ती लाने प्रयास गर्दा उनको नाक र मुखबाट रगत अाई त्यहीँ देह त्याग गरेछन् ।

त्यसको केही समयपछि स्थानीय नन्नुमाया थापाले त्यहीँ उक्त शिला देखिन्छन् । उक्त शिला भगवान हुन यिनलाई भगवान सम्झेर पुज्छु , यी त सिवलिङ्ग हुन भनेर संकल्प गरि ठुलो एकादसिमा फुल तार्ने र शिवरात्रीमा दुध चढाउने , बत्ती बाल्ने गरिछन । बिबाह भएर पनि ४० बर्सकाे उमेरसम्म सन्तान हुन नसकेको अबस्थामा हिन्दुस्थानमा रहेका श्रीमान पनि १९९९ सालमा घरमा अाएका र २००० सालमा जेठो छाेरा धनबहादुर थापाको जन्म भएछ ।

लामो समय सन्तान हुन नसकेको बेला उक्त शिलालाइ भगवान शिवलिङ्ग सम्झेर शुद्ध मनले पुजा ध्यान बस्दा सन्तान प्राप्ति भए पछि मन्दिरको व्यापकता र शक्तिका बारेमा गाउँघर वरिपरि तथा अन्यत्र हल्लाखल्ला हुँदै गएछ । त्यसयताका दिनमा क्रमश: भक्तालुहरूकाे अावागमनमा वृद्धि हुँदै गएछ । त्यहाँको शक्ति र महत्त्वकाे बारेमा थाहा भएछ ।

पहिले सामान्य मन्दिरकाे रूपमा रहेको शिवलिङ्गलाइ २०६२ सालमा जगदीशचन्द्र पाेख्रेलको मुख्य सहयोगमा आकर्षक मन्दिर निर्माण गरि ब्यबस्थित तरिकाले पुजाअाजा गर्ने व्यवस्था मिलाइए पश्चात् अझै टाढाटाढाबाट भक्तजनहरू एकादसिमा बाजागाजा सहित फुलकाे डाेलि लिएर तथा शिवरात्रिमा दूध चढाउन बत्ती बाल्न अाउन थालेछन् ।

‘पछिल्लो समयमा एकादशिका दिन झण्डै ५०/६० वटासम्म फुलकाे डाेलि अाएकाे तर अहिले ६ वटा मात्रै फुलकाे डाेलि अाएकाे मन्दिर समितिका अध्यक्ष सुर्यबहादुर थापाले बताए । फुलकाे डाेलि तार्न सहज हाेस भनेर भिमबहादुर थापाले दुईवटा पक्की पिल्लर निर्माण गराइदिएका छन् । हाल मन्दिरमा काठमाडौं , पाेखरा , लमजुङ , गाेर्खा , सहितका ठाउँहरूबाट समेत भक्तालुहरू अाउने गर्दछन । व्यास नगरपालिका वडा नम्बर ९ मा रहेको मन्दिर दमाैलिबाट करिब १५ किलोमिटरको दुरिमा सडक सुविधा भएको ठाउँमा अवस्थित छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी