……….अनि कुहिरोको सृष्टि भयो

  • ख-
  • ख+

विकास खनाल


सबैभन्दा बाक्लो कुहिरो लाग्ने स्थलको रूपमा दमौलीलाइ चिनाउने गरिन्छ । दमौलीमा कुहिरोको सृष्टि भएको बारेमा महाभारतमा एउटा रोचक कथाको प्रसंङ्ग उल्लेख भएको पाइन्छ । जुन यहाँ प्रस्तुत गरेको छु । “ दिनप्रतिदिन मत्स्यगन्धा हुर्कंदै तरुनी हुँदै गइन् । नदीमा पौडी खेल्नु , नदीमा नौका बिहार गर्नु, नदीमा बयेली खेल्नु जस्ता कुराहरू उनको दिनचर्या बनेको थियो । माझीहरूको काम परेको बेला तथा चाडपर्वहरूमा डुङ्गा चलाएर यात्रुहरू लाइ नदी वारपार गरिदिनु उनले आफ्नो कर्तव्य नै सम्झेकी थिइन् ।

एकपटक वशिष्ठ पुत्र ऋषि परासर सप्त गण्डकि प्रदेशको विभिन्न तिर्थस्थलहरूको भ्रमणमा निस्केका थिए । तिर्थ यात्राको क्रममा चेपे नदीको सिरान दूधपोखरीको स्नान एवं पुजा आराधना गरेर सोहि स्थानमा तपस्यारत च्यवन ऋषिलाई भेटेर ऋषि पराशर दमौलीस्थित आश्रममा फर्कनु भयो । फर्कने क्रममा पराशरलाइ आफ्नो गुफामा जान कालिंदि ( मादी ) नदी तर्नुपर्दथ्यो । ऋषिले माझीहरूलाइ डुङ्गा तारिदिन बोलाउनुभयो । सो दिन दशहरा गंगा पुजाको दिन परेको थियो । चण्डी पुर्णिमा भएकोले दरै, कुमाल र माझीहरू जलदेवी ( नदी ) गण्डकी पुजामा व्यस्त भएका थिए ।

गण्डकीको पुजाआजा पश्चात् पुजाको प्रसादसँग माझीहरू भोजभतेरमा रमाइरहेका थिए । माझीहरूको आफ्नै परम्परा अनुसार जलदेवीको प्रसाद सँग मोत खाइ रसरङ्गमा लागेको हुनाले ऋषिलाई डुङ्गा तारिदिन मत्स्यगन्धा आएकी थिइन् । रूप र यौवनले परिपुर्ण युवती मत्स्यगन्धा सँग सेती मादी नदी किनारमा पराषर ऋषिको एकान्तमा भेट भयो । कोमलाङ्गि, मृगनयनि, अलौकिक रूपवती यौवना मत्स्यगन्धाले डुङ्गाबाट नदी तारिरहेको समयमा मत्स्यगन्धाको जवानिले ऋषि पराषर लाई आकर्षित गराउँदै गयो ।

मत्स्यगन्धा लाज र लौकिक मान्यताको डरले रातो र पिरो भइन् । हे ! वशिष्ठ कुलका कुलदीपक हे ! धर्मज्ञ ऋषिवर ! कामले पिडित भएर मेरो हात किन समाइरहनु भएको छ ?


फलस्वरूप डुङ्गा चालक यौवना मत्स्यागन्धा लाई देखेर पराशर ऋषिलाई कामबासनाले सताउँदै गयो । कामवासनाले पीडित पराशर ऋषिले मत्स्यगन्धाको देब्रे हातलाई दाहिने हातले स्पर्श गरेर मत्स्यगन्धालाइ सहवासको लागि प्रस्ताव राख्नुभयो । मत्स्यगन्धा लाज र लौकिक मान्यताको डरले रातो र पिरो भइन् । हे ! वशिष्ठ कुलका कुलदीपक हे ! धर्मज्ञ ऋषिवर ! कामले पिडित भएर मेरो हात किन समाइरहनु भएको छ ? हे मुनिवर ! हजुर कुल, शिल, शास्त्रद्वारा सुसज्जित धर्मज्ञ उत्तम ब्राह्मण भएर माछाको जस्तो गन्ध आउने म निषाध कुलको कन्यासित काममा आकर्षित भएर के गर्न खोज्दै हुनुहुन्छ ?

मानुङ डाँडाबाट देखिएको कुहिरो ।
तस्बिरः मोहनराज आले


पाणीग्रहण गर्ने व्यक्ति समान कुलको हुनुपर्छ भन्ने जान्दाजान्दै पनि मेरो हात किन समाइरहनु भएको भनी मन्द मुस्कानका साथ ऋषितर्फ फर्केर मत्स्यगन्धाले पटक–पटक अनुरोध गर्नुभयो । हे मुनिवर ! बहान चलाउने मेरो हात हजुरले समाइदिँदा म वहान चलाउन पाउँदिन ।
बहान चलाउन नपाए नदीमा तैरिरहेको डुङ्गा घोप्टिन सक्दछ, तसर्थ पहिला नदी पार तर्नुहोस् र नदी पार भए पछि हजुरको कुरा राख्नुहोला । मत्स्यगन्धाको कुरामा सहमत हुँदै परासर ऋषिले मत्स्यगन्धाको हात छोडिदिनुभयो ।

नदी पार भइसकेपछि ऋषिले आफ्नो देब्रे हातले मत्स्यगन्धालाइ अंकमाल गर्दै शास्त्रमा पारंगत पुत्र प्राप्ति प्रयोजनार्थ सहवासका लागि फेरि आग्रह गर्नुभयो । धार्मिक र लोकपरम्पराका डरका कारण मत्स्यगन्धा लुगलुग काप्न थाल्नुभयो । हे मुनिवर ! हजुर दिव्य स्वरूप युक्त हुनुहुन्छ भने म डढेको ठुटो जस्ति काली र माछाको गन्ध आउने फोहोरि कन्या पनि हुँ । रूप र स्वरूपमा हामी दुई जनाबीच ठुलो भिन्नता र असमानताहरू रहेका छन् ।

पराशर ऋषिसामु मत्स्यगन्धाका ३ शर्त
शास्त्रानुसार समान कुल, शील र रूपवाला सँग मात्रै सहवास सुख सुहाउँदो हुन्छ भन्ने सुनेकि हुनाले कृपा गरि मलाई छाडिदिनुहोस भनी मत्स्यगन्धाले पराशर ऋषिलाई अनुरोध गर्नुभयो । हे मत्स्यागन्धा तिमी राजा सुधन्वाको छोरी र हस्तिनापुरकी भावि महारानी हौ , यसमा सन्देह नगर । कुलवती महसुस गरेकी मत्स्यगन्धाले तत्कालै तीनवटा शर्तहरू राख्नुभयो ।


१) हामी दुई बिचको सहवास कसैले नदेखुन र सहवासका कारण मेरो कन्याब्रत नटुटोस् । २) हाम्रो सन्तान, महान ज्ञानी विद्वान र सर्वत्र पुजित होस् ।
३) मेरो शरिरमा आउने माछाको गन्ध हटेर फुलको सुगन्ध छाओस सहवासका कारण मेरो कन्याव्रत नटुटोस् ।

अनि भयो व्यासको जन्म
यति भन्दै नारी शुलभताले मत्स्योदरि अत्यन्तै लज्जित भइन् । नदी वारपार गरिरहेका तीर्थयात्री, जलदेवीको पुजा गरिरहेका आफ्ना मातापिता दाजुभाइ तथा दिदिबहिनी सहितका कुल बन्धुहरू र नदी किनारमा काम बिशेषले घुमिरहेका अन्य मानिस हरूले पनि दिउँसोको सहबास देख्ने भएकाले दिउँसोको समयमा रतिक्रिडा कार्य संभव नहुने , धार्मिक वचन अनुसार दिउँसोमा सहवास गर्नु भनेको पशुधर्म मानिने र दिनमा सहवास गर्दा घोर पाप लाग्ने भएकोले दिउँसोको सहवास आँफुलाइ ननिको लागेको बताउनुभयो ।

हे मुनिवर ! म अविवाहित कन्या हुँ , हजुर मलाई प्रयोग गरेर गैहाल्नुहुन्छ, हजुरको अमोघ बिर्यले म गर्भवती भए पछि पितालाई के भनुँ ? पिता र समाजको अगाडि कसरी मुख देखाउँ ? गर्भको कलंक केले ढाकुँ ? भनि मत्स्योदरिले पराशर ऋषिलाई पटकपटक बिन्ती गर्दि भइन् । त्यसभन्दा पनि म अनाथ छु ।

मत्स्यगन्धाको वाणी सुन्दा कामोत्तेजनाले पीडित ऋषि परासरले तुरुन्तै कुहिरो सृष्टि गरि दिन लाई पनि औंशिको रात झैँ बनाइदिनुभयो । ऋषि पराशरले दमौलीमा कुहिरो सृष्टि गर्नुभएको ले दमौली लाई कुहिरोको सृष्टि स्थल पनि भन्ने गरिन्छ ।

धार्मिक एवं लोक परंपराको भयका कारण पनि बिवाह पुर्व कुनै पुरूष सँग सहबास गर्दा नारीले बहन गर्नुपर्ने नैतिक दण्डका कुरा सम्झाउँदै आँफुलाइ सहबासका लागि कर नगर्न मत्स्योदरिले ऋषि पराशरलाइ बारम्बार अनुनय र बिनय गर्नुभयो । मत्स्योदरीको अनुनय र विनयले धर पाउने नै देखिएन ।

मानव धर्म अनुसार रात्रीमा मात्रै सहबास गर्ने उपयुक्त समय भएकोले रात्रीको समय सम्म प्रतीक्षा गरिदिन पनि मत्स्योदरिले ऋषि लाई पुन अनुरोध गर्नुभयो । मत्स्यगन्धाको वाणी सुन्दा कामोत्तेजनाले पीडित ऋषि परासरले तुरुन्तै कुहिरो सृष्टि गरि दिन लाई पनि औंशिको रात झैँ बनाइदिनुभयो । ऋषि पराशरले दमौलीमा कुहिरो सृष्टि गर्नुभएको ले दमौली लाई कुहिरोको सृष्टि स्थल पनि भन्ने गरिन्छ ।


माघे संक्रान्तिमा मत्स्यगन्धासँग पराशरको त्यो सहवास
हरेक माघे संक्रान्तिको दिन दिउँसो ठिक ४ बजेको समयमा दमौली सेतीमादीको दोभानबाट कुहिरो उत्पन्न भएर दमौलीमा महर्षि बेदब्यासको जन्मको झझल्को दिने गरेको सत्य घटना एवं सोहि दिनको ब्रह्म मुहर्तमा सेती नदीमा खिर पाक्छ भन्ने जनश्रूति यहाँ सुन्न पाइन्छ ।

दिउँसोको समय पनि रात जस्तै बनेको देखेकी तथा हजुरआमा बाराही माइले दिएको बरदानको स्मरण गरेकि मत्स्यगन्धालाइ ऋषि परासर सँग यौन शहवास गर्नका लागि पुरापुर हिम्मत बढाइदियो । हे मुनिवर ! मेरो कन्याब्रत नटुटाइ जे गर्न उपयुक्त हुन्छ सोहि गर्नुहोस भनी पराशर ऋषिमा आफ्नो शरीर अर्पण गर्नुभयो ।

????????????????????????????????????

मत्स्यगन्धाको दोस्रो सर्त अनुसार उनको कुमारित्व पनि नस्ट नहुने, दशमाश गर्भको जानकारी लोकले थाहा नपाउने र माछाको गन्ध हटाइ सुगन्धावती बनाइदिने बाचा गरि ऋषिले मत्स्यगन्धालाई यौन सहवासको लागि मनाउन सफल हुनुभयो । मत्स्यगन्धालाइ दशमाश गर्भ बोक्दा र प्रसव पीडा समेत सहन नपर्ने वरदान दिनु भएकाले दुई आत्माको मिलन हुन सम्भव भयो ।

कन्या अवस्थामा दमौली सेतीमादी संगममा बस्ने ऋषि सँग सहवास गरेमा आफ्नो माछाको दुर्गन्ध हट्ने कुरा आफ्नी हजुरआमाबाट वरदान पाएकि मत्स्यगन्धाले पराषर ऋषि लाई सहजै स्विकारि ऋषिको कामवासनाको आगोलाई तृप्त गराउन मात्रै नभएर युग परिवर्तनको एक महान कार्यमा आँफुलाइ समर्पण गर्नुभयो ।

यौन सहवास लगत्तै हर्षले उन्माद मत्स्यगन्धा तुरुन्तै माछाको गन्धबाट मुक्त भइ सुगन्धावती बन्नुभयो । दशमास पुर्ण भए पछि मत्स्यगन्धाले सेतीमादी र योगी नरहरिनाथको मतमा व्यास नदीको संगमस्थल टापु बयरघारी वनमा शैल गुफा भित्र माघे संक्रान्तिका दिन दिउँसो ४ बजेको समयमा व्यास हरिरूपी शिशुलाइ जन्म दिनुभयो । व्यास जन्मको प्रसंगमा विभिन्न विद्वानहरूको विभिन्न मतहरू पाइन्छन् ।


कसैले बैशाख शुक्लको दिनमा र कसैले अशाढ शुक्ल पुर्णिमाको दिनमा महर्षि वेदव्यासको जन्म भएको किटानी गरेका छन् । तेस्रो सर्त अनुसार विष्णु अवतार रूपि वेदव्यासको अवतरण भयो । उहाँ वेद विभाजनकर्ता र सनातन धर्मका प्रणेताको रूपमा सर्वत्र पुजित हुनुहुन्छ । जन्मनासाथ वेदव्यास आमाको आज्ञाले तुरुन्तै तपस्या गर्न जानुभयो भन्ने सुन्न पाइन्छ ।
सन्दर्भ सामग्रीः दमौली माहात्म्यम् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी