दमौली : नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ जिल्ला कमिटीको आयोजनामा जिल्ला कार्यकर्ता भेला सम्पन्न भएको छ।
जिल्ला कमिटीका अध्यक्ष हरिराज कँडेलको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
भेलामा पार्टीका नेता, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यकर्ता भेलामा पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक परिस्थिति तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा छलफल भएको जनाइएको छ।




