
ब्रह्माकुमारी यमुना
हिन्दु सनातन धर्मअन्र्तगतका हरेक चाड पर्वहरुका आफ्नै गरिमा, महिमा अनि गहन आध्यात्मिक रहस्यहरु छन् । यि सबै पर्वहरुका आफ्ना छुट्टै पहिचान र गौरवमय परम्परा पनि छन् । यिनीहरुमा विजया दशमी अर्थात् दशैंलाई बडो महत्व र ठूलो उत्सवका साथै राष्ट्रिय पर्वको रुपमा मनाइने गरिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापनाको प्रारम्भ सँगै मनाइने यस पर्वको प्रभाव कोजाग्रत पूर्णिमासम्म रहन्छ ।
यस अवसरमा चारैतिरको वातावरण सुरम्य, सुमधुर र रमणिक रहन्छ । प्रकृतिले समेत यस बेला काँचुली फेरेको हुन्छ । हर व्यक्तिमा रहर, खुशी र प्रफुल्लताको भाव पाइन्छ । धार्मिक विधि विधानका साथ मनाइने यस पर्वमा आफ्ना सम्मानित अग्रज, आफन्तबाट टीका, जमरा लगाउनुको साथै आशिर्वाद प्राप्त गर्नुले पनि आपसी स्नेह, सदभाव र शक्ति अभिवृद्धि भएको महसुस हुन्छ ।

विजयादशमी एक पवित्र भए पनि यसको गहिरो आध्यात्मिक रहस्य नबुझ्नाले निरीह पशुपंछीको मारकाट तथा बली चढाउने कुसंस्कारका कारण आज यो पर्व केवल परम्परा धान्नमै सीमित बनेको छ । असत्यमाथि सत्य, असुरत्वमाथि देवत्व, तमोगुणमाथि सतोगुण अनि रावणमाथि रामको विजयका प्रतिकका रुपमा मनाइने विजया दशमी विशेष प्रतिकात्मक छ । विजयादशमी एक सर्वोेत्तम र सर्वश्रेष्ठ पर्व हो । यसलाई दशहरा, दशैं, दशमी आदि कैयौं नामबाट सम्बोधन गरिन्छ, जुन १०को अंकसँग सम्बन्धित छ ।
जति धेरै बली चढायो त्यति धेरै ईश्वर प्रशन्न हुन्छन्, भन्ने अति नकारात्मक अनि घटिया मानसिकताले अझै यस पर्वको विकृत रुप प्रदर्शित हुन्छ । कुनै प्राणीको बलीले ईश्वरलाई खुशी पार्न खोज्नु त मुर्खता र अज्ञानताको पराकाष्ठा नै हो ।
विजया दशमी पर्वलाई जति महान र आदर्शको रुपमा लिइन्छ, त्यति नै यस पर्वसँग सम्बन्धित केही कुप्रथाहरुले गर्दा यसको उचाई घटाइरहेको छ । अहिले यो पर्व अति हिंसक र तामसिक बन्न पुगेको छ । यसबेला निरीह, निर्बल र निःसहार पशुपंछिको निर्ममतापूर्वक अत्याधिक बली चढाइन्छ । जति धेरै बली चढायो त्यति धेरै ईश्वर प्रशन्न हुन्छन्, भन्ने अति नकारात्मक अनि घटिया मानसिकताले अझै यस पर्वको विकृत रुप प्रदर्शित हुन्छ । कुनै प्राणीको बलीले ईश्वरलाई खुशी पार्न खोज्नु त मुर्खता र अज्ञानताको पराकाष्ठा नै हो ।
वास्तवमा ईश्वर त प्रेमको भोको हुनुहुन्छ, प्राणको होइन । ईश्वर वा देवी–देवतामा प्राणीको बली चढाउनु त घोर अन्धविश्वास हो । देवी न त निरीह पशु–पंछीको बली स्वीकार गर्छिन्, न त प्रशन्न नै हुन्छिन् । न नै वरदान दिन्छिन् । अहिलेकै समयमा त कुनै पनि मानिसको आमाले पनि आफ्ना छोरा छोरीको बली स्वीकार गर्दैनन् भने जगत जननी देवीमाँ जोसँग सधैं सद्बुद्धि, सद्विवेकको खानी हुन्छ, ती देवीले बली स्वीकार गर्छिन् प्रसन्न हुन्छिन, वरदान दिन्छिन् भन्नु रावणको भ्रमजाल र मायाको मन्त्रजाल मात्र हो । प्राणीहरुको बली उनले कसरी स्वीकार गर्न सक्छिन् ?
आफैं देवी–देवताको अगाडि जुन प्राणीको बली चढाइन्छ, त्यसको एक थोपा रगतपनि देवी–देवताले खाँदैनन् बली दिनेले नै सबै खाने गर्दछ । बलीको रगतले स्वच्छ र पवित्र देवी–देवताको मूर्ति अस्वच्छ र दुर्गन्धित बन्न पुगेका छन् । देवीले हामीबाट पञ्चबली माग्नुको अर्थ आफुमा भएका काम–क्रोध–लोभ–मोह–अहंकार रुपी पञ्च विकारको बली चढाउनु वा छोड्नु हो ।
यदि यस संसारमा भएका प्रत्येक नर–नारीले आपूmमा भएका पाँच–पाँच विकारको बली दिए वा छोडे भने निश्चय नै यो बसुन्धरा स्वर्गपुरीमा बदलिने छ । हाम्रा दुःखका दिन समाप्त हुनेछन् । हाम्रा कष्ट, पीडा र अशान्ति सधैंको लागि नष्ट हुनेछन् ।
यदि यस संसारमा भएका प्रत्येक नर–नारीले आपूmमा भएका पाँच–पाँच विकारको बली दिए वा छोडे भने निश्चय नै यो बसुन्धरा स्वर्गपुरीमा बदलिने छ । हाम्रा दुःखका दिन समाप्त हुनेछन् । हाम्रा कष्ट, पीडा र अशान्ति सधैंको लागि नष्ट हुनेछन् ।
हाम्रो जीवन देवसमान पूज्य, पावन र दिव्य बन्नेछ । विषय विकार आसुरी शक्तिहुन्, राक्षसी शक्ति हुन्, रावणीय सम्पत्ति हुन् । यिनै वर्तमान जगतका दुःख, अशान्तिका कारक तत्व हुन् । यिनै विकारले संसारका सबै आत्मारुपी सीतालाई रावणको शोक वाटिकामा शोकाकुल अवस्थामा राखेका छन् । यिनै महाविकाररुपी रावणबाट आत्मारुपी सीतालाई छुटाएर गति सद्गति, मुक्ति–जीवनमुक्तिको पदम पद दिन जगत कल्याणकारी भगवान् यस धर्तीमा अवतरित हुनुभएको छ । उहाँ नै हरि हुनुहुन्छ, जसले आत्मामा भएका विषय–विकारलाई हर्नुहुन्छ र सुखी बनाउनुहुन्छ । उहाँ नै सर्वआत्माका रञ्जनकारी, रमाउने सच्चा राम हुनुहुन्छ । जसले आत्मारुपी सीतालाई मुक्त गर्नुहुन्छ ।
प्रकृतिको नियमअनुरुप यस जगतमाभएकाजीवजन्तुहरुलाई वासस्थान र भोजनको व्यवस्थापहिले देखि नै मिलिरहेको छ । यो व्यवस्थालाई मनुष्यको साथ साथै पशुहरुले पनि स्वीकार गरेका छन् । मनुष्यमात्र यस्तो जीवहो, जसले प्रकृति–प्रदत्त स्वास्थवर्धक खाद्य–पदार्थ हुँदाहुँदै पनिअन्यपशुहरुको निर्मम हत्यागरि भक्षण गर्दछन् ।
जब मानवले देह अभिमानवश जिभ्रोलाई सधैं नयाँ नयाँ व्यञ्जन दिन थाल्दछ तबदेखि नै बिस्तारै बिस्तारै मांसाहार प्रति आशक्ति हुन थाल्दछ । क्रमशः उसका इन्द्रियहरु (आँखा, नाक, कान, छाला र जीभ्रो) सांसारिक भोग विलासप्रति लालायित हुन्छन् । यस किसिमको गिरावट द्वापर युगको सुरुवात् सँगै भयो, जहाँ पञ्च विकारहरुले शिर उठाउन सुरु गरे । तबदेखि नै मानवको मन हिंश्रक बन्नपुग्यो । पछि गएर मांसाहारी पशुले पनि शाकाहारी पशुलाई भक्षण गरेको देखेर आफुले पनि त्यस्तै गर्न सुरु ग¥यो ।

शाकाहारी र मांसाहारीको शारीरिक संरचनामा अन्तर
यदि शारीरिक संरचनाको कुरा गर्ने हो भने मांसाहारी पशुको संरचना मांसाहार सेवन गर्नको लागि बनेको हुन्छ भने मानिसको दैहिक संरचना शाकाहारी भोजन पदार्थ पाचनको लागि बनेको हुन्छ । यदि निम्नलिखित कुराहरुमा हामी गहिरिएर सोच्छौं भने के प्रष्टसँग बुझिन्छ भने मनुष्यको शारीरिक संरचना मांसाहार सेवनको लागि बनाइएको होइन, जुन कुरालाई निम्नलिखित बुँदाहरुबाट स्पष्ट गर्न सकिन्छः
१. मांसाहारी पशुको दाँत लामो शक्तिशाली हुन्छ, जुन मासुलाई चिर–फार र उपभोग गर्नका लागि आवश्यक छ । तर हामी मनुष्यको दाँत केवल टोक्न, चबाउन र मसिनो बनाउनको लागि मात्र हो । मनुष्यको दाँतको आकार–प्रकार शाकाहारी फल–सब्जिहरु वा अन्न पदार्थहरुको उपभोगका लागि बनेको हुन्छ ।
२. मांसाहारी पशुको जिभ्रो एकदम कडा हुन्छ तर मनुष्यको जिभ्रो कोमल हुन्छ, किनकि यसले शाकाहारी हल्का भोजनलाई ओल्टाई पल्टाई खानुपर्ने हुन्छ । साथ साथै यसलाई शब्दहरुको उच्चारणका लागि पनि कोमल र लचिलो हुनुपर्छ ।
३. मांसाहारी पशुको ¥यालमा एसीडिटी हुन्छ, जुनमा मासुमा भएको प्रोटिनलाई गलाउनको लागि आवश्यक हुन्छ । मनुष्यको ¥यालमा टायलीन तत्व हुन्छ, जुन स्टार्चलाई पचाउनको लागि आवश्यक छ । तर मांसाहारी पशुको ¥यालमा टायलीन हुँदैन ।
४. एउटा मांसाहारी पशुको आमाशय गोलो थैली जस्तै हुन्छ, जुसमा शाकाहारी आमाशयमा भन्दा १० गुणा बढी हाइड्रोक्लोरिक एसिड पैदा हुन्छ ताकी मासुलाई छिटै नै गलाउन सकोस् । मांसाहारी आमाशयमा भोजनलाई छिटै नै अगाडि बढ्ने मार्ग झन साँघुरो भएको हुन्छ, जसले झट्टै अगाडि जानबाट रोक्दछ । शाकाहारी भोजनमा सढ्ने खतरा हुँदैन र हक्का एसिडिक पाचक तत्वले भोजनलाई सजिलैसँग गलाउन र पचाउन सक्छ ।
हिंसाबाट प्राप्त सुखको अन्तपनि हिंसाबाट नै हुन्छ ।
पहिले पहिले जंगलमा शिकार खेल्ने कार्यलाई मनोरञ्जनको साधनको रुपमा लिइन्थ्यो । पछि गएर जंगली जीव जनावरलाई सरकारले हिंसा गर्न प्रतिबन्ध लगाइदिएको छ । यदि कसैले अवैध रुपबाट जन्तुहरुलाई मार्छन भने जरिवाना अथवा जेल चलानको व्यवस्था पनि गरिदिएको छ ।
अर्कोतिर घरेलु जीवजनावर भैंसी, बाख्रा जस्ता सोझा प्राणीलाई हत्या गरी खुलेआम उनीहरुको मासु सेवन गर्दा एकछिनलाई सुख त महसुस हुन्छ, तथापि पछि गएर उनीहरुमा तीव्र क्रोध एवं नकारात्मक विचारले हिंसात्मक अवस्थासम्म पुगेका कैंयौं उदाहरणहरु छन् ।
यस किसिमको हिंसात्मक प्रवृत्तिले क्रमशःमानिसका सत् बुद्धि एवं विचारका पंखहरु अज्ञानताको पिञ्जडामा बन्द भएका छन् । जसले गर्दा आध्यात्मिकतारुपी स्वतन्त्र आकाशमा उड्नबाट बञ्चित छन् ।
निस्कर्षमा भन्नुपर्दा सुख शान्तिको प्राप्ति मांसाहार, अनाचार, कामाचारबाट हुँदैन बरु वास्तविक सुख, शान्ति र आनन्दलाई यसले नास गरिदिन्छ । तनाव र बेचैनी एवं हिंसात्मक सोचले ग्रसित हुँदै रोगीएवं महारोगी अवस्थामा पु¥याउँदछ ।
अतः विजयादशमीको पावन पर्वका अवसरमा यस किसिमको दानवीर प्रवृत्तिलाई परिवर्तन गर्न सर्वप्रथम शाकाहारी भोजनको सहयोग लिंदै आफुलाई पवित्र एवं सदाचारी बनाउनुको साथै ज्ञानी एवं राजयोगी जीवन व्यतित गर्ने शुभ संकल्प गरौं, यसैमा मानवजीवनको सार्थकता छ ।
(लेखक ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय दमौली, तनहुँकी सञ्चालिका हुन् )