बाढी प्रभावितका लागि सामाजिक अभियान्ता सुदीप गफ्फारको नेतृत्वले राहत सामग्री वितरण

दमौली न्युज
  • ख-
  • ख+

दमौली: रसुवा-भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सामाजिक अभियान्ता सुदीप गफ्फारको नेतृत्वमा रहेको टोलीले धादिङ र नुवाकोटमा राहत सामग्री वितरण गरेको छ।

दमौली क्षेत्रका विभिन्न शुभेच्छुक, सहयोगदाता तथा स्थानीयवासीबाट संकलन गरिएको राहत सामग्री लिएर टोली प्रभावित क्षेत्रमा पुगेको हो।

बाढीबाट घरबार तथा दैनिक उपभोगका सामग्री गुमाएका ५ सयभन्दा बढी परिवारलाई राहत वितरण गरेको अभियान्ता गफ्फारले जानकारी दिए ।

 

उनका अनुसार राहत स्वरूप प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवन यापनका लागि आवश्यक भाडाकुडा लगायतका सामग्री वितरण गरिएको थियोे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी