नवजागरण टोल विकास संस्था ,नवजागरण आमा समूह र नागकुवा मन्दिर समितीद्वारा प्रधानमन्त्री साहत कोषमा ३५ हजार भन्दा बढी सहयोग

दमौली न्युज
  • ख-
  • ख+

दमौली: व्यास नगरपालिका वडा नं २ स्थित नवजागरण टोल विकास संस्था ,नवजागरण आमा समूह र नागकुवा मन्दिर समितीद्वारा प्रधानमन्त्री साहत कोषमा ३५ हजार १ सय ११रुपैया सहयोग गरेको छ। संयुक्त रुपमा संस्थाले राहत रकम सहयोग गरीएको हो।

यहि २०८३ भाद्र १० गते रसुवाको
भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा नुवाकोट धादिङ त्रिशुली चितवन लगायतका विभिन्न ठाउँमा जनधनको क्षति भएको थियो। यस दुःखद घडीमा हामी सबैले आ-आफ्नो तर्फबाट गरिएको सानो मानविय सहयोग नै ठुलो आहत बन्ने सस्थाले जनाएको छ !

यस बिसम परिवेशमा बाढीबाट ज्यान गुमाउनेहरु प्रति भावपुर्ण श्रद्धाञ्जली, वेपत्ताहरुको जीवित उद्धार, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभ र प्रभावित परिवारजनमा समवेदना प्रकट गरीएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी