फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु, एक दुई घाइते

दमौली न्युज
  • ख-
  • ख+

पोखरा : पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीमा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारका चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी