दमौली : तनहुँ सुनचाँदी व्यवसायी संघले प्रधानमन्त्री राहत कोषमा १लाख ४२ हजार४ सय बयासी रुपैयाँ सहयोग गरेको छ । संस्थामा आवद्ध सदस्यहरुबाट स्वेच्छिक रकम संकलन गरी नेपाल सुनचाँदी व्यवसायी महासंघ मार्फत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिएको हो।
संस्थाका अध्यक्ष हरि गहतराजको नेतृत्वमा रकम संकलन गरीएको थियो। भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ हुँदै चितवन सम्मका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको थियो ।
विपद्को समयमा मानवीय सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउँदै, संघका अध्यक्ष गहतराजले देशै भरीका सुनचाँदी व्यवसायी र संघहरुलाई यो विपद्मामा स्वैच्छिक रूपमा राहत सहयोगमा जुट्न पनि आग्रह गरेका छन् ।





