देउराली आमा समुहद्वारा प्रधानमन्त्री राहत कोषमा १लाख ७३ हजार सहयोग

दमौली न्युज
  • ख-
  • ख+

दमौली: विपतमा परेका सबै पिडितहरुलाई आफुहरुको सानो सहयोगबाट आलोघाउमा मलम लगाउन राहत पुग्ने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा १ लाख ७३ हजार सहयोग गरिएको छ। ब्यास नगरपालिका वडा न ३ देउरालीनगर आमा समुहबाट महिलाहरुको महानपर्व तीज विशेष कार्यक्रमका लागि छुट्याईएको रकम र सवै सदस्यहरुबाट थप गरि राहत कोषमा सहयोग रकम जम्मा गरीएको हो ।

२०८३ भाद्र १०गते तिब्बतबाट भोटेकोसी नदीमा आएको भिषणबाढीले रसुवा नुवाकोट धादिङ त्रिशुली चितवन लगायतका विभिन्न ठाउँमा जनधनको क्षति भएको थियो। यो क्षतिले सारा नेपालीहरुलाई अत्यन्त मर्माहत बनाउनुका साथै हामी तनहुँ वासीहरु सबै दुःखित, पिडावोध भएका देउराली आमा समुहकी अध्यक्ष मिना रानाभाटले बताईन्। अध्यक्ष रानाभाट र देउराली आमा समुह परीवारले यस दु:खद घडीमा दिवङ्गत मृतआत्माहरु प्रति पनि भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

निबर्तमान अध्यक्ष श्रीमाया रानाभाटले यो रकम संकलन गर्न सहयोग गर्नु हुने
देउरालीनगर आमा समुहकी अध्यक्ष मिना रानाभाट, उपाध्यक्ष रन्जना मल्ल, सचिव पद्मा प्रधान, कोषाध्यक्ष ममता थापा, सह-सचिव मधुमाया रानाभाट, सदस्यहरु बसन्ती थापा
चन्द्रा मल्ल,दिपा सुनार,पार्वती पाण्डे
,विष्णु बराली,उजेली रानाभाट,सुष्मा प्रभा कोती श्रेष्ठ,फुनु आले,गंगा थापा,सुनिता शर्मा,शान्ती थापा
तारा मानन्धर,मुना रानाभाट लगायत प्रति आभार ब्यक्त गर्दै यो विपद्माको समयमा सवैले सहयोग गरीदिन पनि अनुरोध गरेकी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्