प्रधानमन्त्री राहतकोषमा क्लबद्वारा१० हजार सहयोग

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नमस्ते देउराली युथ क्लवले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै क्लवले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० हजार सहयोग गरेको छ । देशमा परेको विपदको अवसरमा जे जति सकिन्छ सहयोग गर्नुपर्छ भन्ने सोचका साथ रकम सहयोग गरिएको हो ।

बाढी तथा प्राकृतिक विपद प्रभावित परिवारहरूको पीडामा साथ दिने उद्देश्यले नमस्ते देउराली युथ क्लबको तर्फबाट पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरिएको क्लवका अध्यक्ष असोक रानाले जानकारी दिए ।

प्रधानमन्त्री राहत कोषमा व्यक्ति देखि संघ संस्थाले यतिबेला खुलेर सहयोग गरेका छन्। यही भदौ १० गते भोटेकोशी त्रिशुलीमा आएको बाढीले धेरै धनजनको नोक्सान बनाएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्