पर्खिएकाहरूले शव भेटेनन्, शवहरूले आफन्त भेटेनन्

दमौली न्युज
  • ख-
  • ख+

भरतपुर : चितवनको अस्थायी शवगृहमा यतिबेला बेपत्ता भएका आफ्ना मान्छे खोज्न आएकाहरूको भिड लागेको छ ।

अधिकांश मानिस बेपत्ता भएका आफ्नाहरूको शव भए पनि भेटिने आशमा त्यहाँ पुगेका छन् । तर धेरैजसोले शव भेट्न सकेका छैनन् । फेला परेका शवहरूका भने आफन्त भेटिएका छैनन् ।

शव व्यवस्थापन गर्न शनिबार अपराह्न देवघाट स्थित वन क्षेत्र लैजाँदै गर्दा शव खोज्न आएका आफन्तहरू बाहिर बसिरहेका थिए, कोही नाम र हुलिया टिपाउँदै थिए भने कोही रोइरहेका थिए । साभारः रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्