संयुक्त राजनीति दलित संघर्ष समिति तनहुँकाे अध्यक्षमा : नेपाली

दमौली न्युज
  • ख-
  • ख+

देव गजमेर दमौली: संयुक्त राजनीति दलित संघर्ष समिति तनहुँकाे दोस्रो अधिवेशन शनिबार दमाैलीमा सम्पन्न भएको छ । अधिवेशनले दिल बहादुर नेपालीकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।समितिकाे उपाध्यक्षमा भरत लामगादे , सचिवमा पदम बहादुर सुनार,काेषाध्यक्षमा लक्ष्मी परियार र सहसचिवमा नविन विश्वकर्मा चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा बुद्धी वहादुर परियार,समर विश्वकर्मा,केशर बहादुर बराली ,पवित्रा नेपाली, चिज कुमार परियार, रेशम वि.क., अशोक वि.क., डोल बहादुर सुनार , दिल बहादुर नेपाली,तोप बहादुर परियार, शर्मिला वि.क., श्रीकृष्णा वि.क. संगीता वि.क.,पार्वती वि.क., दल व. वि.क.जौमाया बराल, प्रेम रम्तेल, कृष्णालाल विक, लोक बहादुर वि.क. आर्ईत बहादुर घले, विशाल रुचाल,शिव संदाशंकर,रण‌सिंह नेपाली र गणेश गोतामे चयन भएका छन् ।

जेष्ठ नागरिक प्रमुख अतिथि आईत बहादुर सुनारले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा पार्टीका विभिन्न पदमा रहेका र तनहुँ जिल्लाका दलितहरुको बाक्लो उपस्थिति रहेको थियो । संघर्ष समितिका संयोजक डोवाटे बि कको अध्यक्षतामा भएको कार्यक्रममा सघर्ष समितिका सचिव पदमा बहादुर सुनारले कार्यक्रमकाे सहजिकरण गरेका थिए । यो समितिले जातीय भेदभाव तथा छुवाछुत विरुद्ध र दलित समुदायमाथि भएका हिंसा र विभेदका विषयमा काम गर्दै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्