अचेत अवस्थामा एक पुरुष फेला उपचारका क्रममा मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

दमौली: तनहुँको व्यास नगरपालिका–२, उत्तरशिला लाइनमा आज अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

स्थानीयवासीले अचेत अवस्थामा फेला पारेका अन्दाजी ५०÷५५ वर्षीय पुरुषलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो । अस्पतालमा उपचारमा संलग्न चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन । प्रनाउ घिमिरेका अनुसार निजले कालो सर्ट, हरियो टी–सर्ट, निलो जिन्स पाइन्ट, कालो कट्टु र ‘बाउण्स’ लेखिएको निलो स्पोट्र्स जुत्ता लगाएका थिए । उनको उचाइ करिब ५ फिट ७ इन्च रहेको र कपाल हल्का फुलेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्