६६० केजी गाँजासहित सर्लाहीबाट दुईजना पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ : प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर–१४ स्थित डाइनीखोलाबाट ६६० केजी गाँजा बरामद गरेको छ । बुधबार ब्यूरोको बर्दिबास शाखाबाट खटिएको टोलीले डाइनीखोला स्थित दुई ठाउँमा लुकाएर राखेको गाँजा बरामद गरेको हो ।

गाँजा लुकाएर राख्ने दुईजनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्यूरोका डीएसपी जिवन निरौलाले जानकारी दिए । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ घर भएका ६३ वर्षीय नर बहादुर थिङ र ५२ वर्षीया जेसुन माया थिङ छन् ।

नर बहादुरले २६ वटा बोरामा प्याक गरेर ५६० केजी गाँजा लुकाएर राखेका थिए । जेसुन मायाले गोठमा लुकाएर राखेको अवस्थामा १ सय केजी गाँजा बरामद गरिएको डीएसपी निरौलाले जानकारी दिए । आरोपीहरूमाथि थप अनुसन्धानको लागी ब्युरोले इलाका प्रहरी कार्यालय लालबन्दीमा बुझाएको छ ।  साभारः रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्