दुलेगौंडा र खैरेनीटारमा एलपी ग्यास वितरणको पहल

दमौली न्युज
  • ख-
  • ख+

दमौली: बजारमा एलपी ग्यासको चरम अभाव भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी, शुक्लागण्डकी नगर समितिले ग्यास वितरणमा पहल गर्ने भएको छ ।नगर समितिले गृहलक्ष्मी ग्यास उद्योग सँग समन्वय गरी दुलेगौंडा र खैरेनीटार बजारलाई लक्षित गर्दै आज १ हजार सिलिन्डर ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

ग्यासका लागि आवश्यक सहयोग र समन्वय गृहलक्ष्मी ग्यास कम्पनीका प्रबन्धक सबिन सिग्देलले गरेका थिए। नागरिकको समस्यालाई गम्भीरता पूर्वक लिएर तत्काल ग्यास उपलब्ध गराएकोमा पनि कम्पनीलाई आभार प्रकट गरीएको छ।

ग्यास वितरणका क्रममा भीडभाड, कालोबजारी तथा अव्यवस्थित बिक्री हुन नदिन शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु) र नगर प्रहरी तथा इलाका प्रहरी कार्यालय लाई आवश्यक समन्वय गरी वितरण प्रक्रियाको अनुगमन गरिदिन अनुरोध गरिएको थियो।

नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको ले पनी नागरिकलाई सहयोग गरौँ, कालोबजारी तथा कृत्रिम अभाव सिर्जनालाई निरुत्साहित गरौँ भन्दै ग्यास वितरणको पहल गरीएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्