तनहुँको कलेस्ती पुलमा बस दुर्घटना चालक गम्भीर घाईते

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको ब्यास ७ कलेस्ती पुल स्थित दमौली भोर्लेटार भित्री सडक खण्डमा बस दुर्घटना भएको छ । कलेस्तीबाट दमौली तर्फ जादै गरेको ग१ख६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाई कलेस्ती खोलापुलमा ठोकिदा दुर्घटना भएको हो ।

चालक सिटमा नै च्यापिई घाईते भएकोमा जिप्रका तनहुँ बाट प्रनाउ द्वारिका प्रसाद घिमिरेको कमाण्डमा चालकको उद्दार गरी उपचारको लागि प्रदेश अस्पताल दमौली पठाइएको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

बसमा सवार २५ जना रहेको भन्ने सुचना प्राप्त भएको छ । चालक शम्सेर नेपाली सिरियस घाइते सहित ९ जना अस्पताल उपचारको लागि पठाइएको र थप घाइते बढ्न सक्ने प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्