देव गजमेर
दमौली: अविरल वर्षाका कारण मनसुनको समय सुरु भए संगै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली नजीकै पहिरो जान थालेको छ। मादी नदी पुल नजिक भित्ता कटिङ गरिएको क्षेत्रमा पहिरो खस्न थालेको हो ।
पृथ्वी राजमार्गको मुख्य स्तरोन्नतिको रूपमा मुग्लिन–पोखरा सडकखण्ड लाई चार लेन बनाउने क्रममा सोही स्थानमा भित्ता कटिङ गरीएको थियो । सोही स्थानमा हिउँदमा पनि पटकपटक सुक्खा पहिरो खस्ने गरेको थियो भने अहिले झरी परे संगै पहिरो खस्न थालेको छ । पहिरोका कारण आसपासका घरहरु उच्च जोखिममा परेका छन् भने स्थानीयवासी त्रसित बनेका छन्।
उक्त क्षेत्रको विषयमा व्यास नगरपालिका वडा नम्बर ४ का वडा सदस्य सरोज भण्डारीले पहिरो क्षेत्रको अवलोकन गरेको बताए। सम्वन्धित निकायकालाई भेटेर काम द्रुत गतिमा हुनु पर्यो भने को छु “उनले भने”बस्ती जोखिम भई सक्यो जसरी पनि जनता सुरक्षित हुनु पर्यो,वस्ती जोगाउनु पर्यो”भन्दा बस्ती जोगाउने तरिकाले काम गरेको ठेकेदार कम्पनीले आफुलाई बताएको वडा सदस्य भण्डारीले दमौली न्युजलाई जानकारी दिए। पहिरो जोखिम क्षेत्रमा बसोबास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।





