बैतडी बस दुर्घटनामा चालक सहित १७ जना घाइते, दुई जनाको अवस्था गम्भीर

दमौली न्युज
  • ख-
  • ख+

धनगढी : बैतडीमा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दशरथ चन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ गैराखानमा शुक्रबार दिउँसो करिब ३ बजे धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको बस दुर्घटनामा परेको हो।

 

प्रहरीका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाएका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्