के तीतो कफि नमीठो हो ?

  • ख-
  • ख+

विशाल श्रेष्ठ ‘ओसियन’

बिहानको करिब ८ः४५ बजे तिर ललितपुरको एउटा भव्य क्याफेमा चारजना आएर छिरे । क्याफेमा चारजनाको स्वागत भए पछि क्याफेको वेटरले बाहिर देखाउँदै तथा मेन फ्लोर तिर देखाउँदै अनुकुलताका आधारमा बस्न सक्ने भने । ‘भित्र पनि ठाउँ छन् अनि हाम्रो कन्फ्रेन्स कक्षमा पनि बस्न सक्नु हुन्छ,’ भने ।


भव्य क्याफेको मेन कन्फ्रेन्स कक्षमा एउटै रङको सोफा मिलाएर राखिएका छन् । जसमा दुई वटा टेबुल र आठजना बस्न मिल्ने सोफाहरु छन् । क्याफे निकै राम्रो अनि यत्तिको सजावट र पूर्वाधार भएको नेपालमा नै पहिलो हुन सक्छ । यो अरु क्याफे भन्दा फरक खालको क्याफे थियो । विभिन्न सजावट सामानहरु भएकाले क्याफे भव्य पनि छ ।


आठजना बस्न मिल्ने सोफामा चार जना आएर बसे र केही क्षण पछि कफी र ब्रेकफास्ट अर्डर गरे । केही समय पछि अर्डर बमोजिम कफी र ब्रेकफास्ट टेबुलमा आइ पुग्यो । यी चार जना सोफामा आसिनहरु उल्झन्मा छन् । समस्यामा छन् । पीडामा छन् । जटिलतामा छन् । र, भौंतारिएका छन् निकासको खोजीमा ।


त्यसैका लागि डाकिएको हो, यो बैठक । उनीहरु पालैपालो एक एक घुट्की कफी पीउँछन् । तर मिठो मान्दैनन्, चारै जना । उनीहरुलाई कफी नमिठो लााग्छ । जब कफी नमिठो भयो तब बैठक निर्धारित एजेन्डामा प्रवेश गरेन । नयाँ मुद्दा सिर्जना भयो । बैठक बिना योजनाको विषयमा पो केन्द्रीत भयो, एजेन्डा बन्न पुग्यो कफीको स्वाद । भेटघाट र वार्ताको विषय छाडेर बैठक ‘कफी मुद्दा’मा केन्द्रीत भयो ।


मुद्दा उठ्यो कफी किन मिठो भएन ? किन धेरै तीतो ? किन धेरै खल्लो ? किन, किन, किन ? प्रश्नहरुको तीव्रता यति धेरै बढ्यो कि त्यसको वेगलाई उत्तरको धीमा गतिले भेट्टाउनै सकेन । प्रश्नहरु एक्लै अघिअघि कुदिरहे । उत्तरहरुले उनीहरुलाई पछ्याइरहे तर भेट्न सकेनन् ।


मुद्दा उठ्यो कफी किन मिठो भएन ? किन धेरै तीतो ? किन धेरै खल्लो ? किन, किन, किन ? प्रश्नहरुको तीव्रता यति धेरै बढ्यो कि त्यसको वेगलाई उत्तरको धीमा गतिले भेट्टाउनै सकेन । प्रश्नहरु एक्लै अघिअघि कुदिरहे । उत्तरहरुले उनीहरुलाई पछ्याइरहे तर भेट्न सकेनन् । सोफामा बसेकाहरु प्रश्नको वर्षा गराउन थाले । तर, ती प्रश्नहरुको पनि उत्तर हुन्छ भन्ने सोचेनन् । केवल प्रश्न गरिरहे । प्रश्न गरिरहे तर उत्तर पर्खेनन् । मानौं प्रश्न रेलको इन्जिन हो र उत्तरचाँही सबैभन्दा पछाडिको डिब्बा ।

त्यसैले उत्तर बोकेको डिब्बाले इन्जिनलाई भेट्नु हुँदैन । त्यसो हुनु विज्ञानसम्मत हुँदैन, अवैज्ञानिक हुन्छ । यो दुनियाँमाको चाहन्छ अवैज्ञानिक हुन ?
फेरि एकछिनमा वातावरण पुनः शान्त भयो । एकजनाले भन्यो, ‘कफी त्यत्तिकै नमिठो हुँदैन । यसको भिडियो बन्नु आवश्यक छ । त्यसले दुईवटा कुरा पत्ता लाग्छन्, पहिलो कफी किन नमिठो हुन्छ ? र दोस्रो कफी मिठो बनाउने तरिका के हो ?’ त्यस पछि अर्कोले भन्यो, ‘यसका खास कारणहरु हुन सक्छन् ।

यस सम्बन्धमा एउटा समूह बनाउनु आवश्यक छ जसमा एक्सपर्टहरुको सहभागीता होस् र विभिन्न रायका लागि प्लेटफर्म मिलोस् । त्यसो गर्न सकियो भने………’ ‘यस सम्बन्धमा मेरो केही भनाइ छ,’ दोस्रो ब्यक्तिले धेरै बोल्ने छाँट देखिएपछि त्यसलाई रोक्दै र पहिलो ब्यक्तिको कुरा काट्दै तेस्रो ब्यक्तिले भन्यो, ‘कफी किन नमिठो थियो भने, यो मिठो थिएन र किन मिठो थिएन भने यो नमिठो थियो ।’


सोफाका अघिल्तिरका कफीहरु रित्तिएका थिएनन् । बहस जारी थियो । बहस पनि के भन्ने ? विवाद जारी थियो । विवाद पनि के भन्ने ? झगडा जारी थियो । झगडा पनि के भन्ने ? संघर्ष जारी थियो । तर कोसँग ? कफीसँग । किनकी कफी नमिठो थियो, बेस्वादिलो थियो, बेढंगीलो थियो, खाउँखाउँ लाग्दो थिएन । किनकी कफी मिठो थिएन । खासमा कफी मिठो भैदेको भए यो स्थिति आउथ्यो ? अहँ आउँदैनथ्यो । कफीसँग पनि होइन, जिब्रोसँग ।


जिब्रोले किन मन पराएन ? कफी नमिठो होइन, जिब्रोलाई कफीको स्वाद मन नपरेको हो । यही स्वाद पनि जिब्रोले मन पराईदिएको भए त भैहाल्थ्यो नि । तर मन पराएन त्यसैले कफी नमिठो भयो । यसर्थ दोष जिब्रोको हो, कफीको होइन । होइन जिब्रोको पनि होइन । यो नमिठो हुनुको दोष त बनाउनेको पो हो । बनाउनेले मिठो बनाउन नजानेर हो यो नमिठो भएको । ढंग पुर्याएर बनाएको भए यस्तै हुन्थ्यो ? हुँदैनथ्यो । मिठो भइहाल्थ्यो नि । दोष बनाउनेको चाँही हो ।

बनाउनेको पनि होइन, उद्योगको हो । उद्योगले मिठो कफी मात्र उत्पादन गर्ने हो भने यस्तो नमिठो हुन्थ्यो ? हुँदैनथ्यो । उद्योगको पनि होइन किसानको हो । किसानले नमिठो किन उब्जायो ? दोष किसानको पनि होइन, दोष त कफी खान सिकाउनेको पो हो । उसले कफी खान नसिकाएको भए नमिठो कफी खानु पथ्र्याे ? पर्दैनथ्यो । त्यसैले दोष कफी खान सिकाउनेको हो । तर, वास्तवमा दोष कसको हो ? वास्तवमा कफी नमिठो थिएन ।


चारै जनालाई कफी नमिठो लाग्यो , कफी मिठो थियो । चारै जनाले बल्ल थाहा पाए, उनीहरुले । कफीको टेस्ट कस्तो हुनु पर्छ भन्ने नै थाहा नै थिएन र उक्त सबै घटना मैले सुनिरहेको थिएँ र मैले गएर भनें, ‘कफीको तीतोपन थाहा पाउने व्यक्तिले यसमा आउने सकारात्मक तत्व पनि अनुभव गर्न सक्छन् । सामान्तया तीतोपन मुखमा पर्दा हाम्रो शरिरले विशाक्त तत्व परेको भन्दै चेतावनी दिने गर्दछ । तर क्याफिन शरिरमा पर्दा हाम्रो त्यसमा भएको क्याफेन तत्व भएकोले पनि खराब तत्व होइन भन्ने कुरा दिमागले ठम्याउने गर्दछ । सोही कारण पनि पहिलो पटक कफी पिउँदा नमिठो लागे पनि खाँदै जाँदा हरेक पटक चुस्की लाउँदा औधी मजा आउँछ ।’


कफीको तितोपनको विशेषता र त्यसभित्र लुकेको मिठास आत्मसात नगरिसकेकालाई कफी तितोपनको पर्याय हो । विशेषता जान्नेका लागि भने त्यसको पर्याय स्फूर्ति र तरोताजापन हुन सक्छ । विशेषता जान्नेका लागि भने त्यसको पर्याय स्फूर्ति र तरोताजापन हुन सक्छ । कफीलाई एउटा पेयका रूपमा मात्र लिइयो भने त्यसले केही पनि नबताउला ।

भिन्न प्रकारले विश्लेषण गर्ने हो भने कफी समाजको गतिशीलताको सूचक हुन सक्छ । सम्भ्रान्त वर्गको पेयका रूपमा परिचित कफीको हैसियत अहिले पनि तल झरेको छैन । कफी पिउने पारखीको संख्यामा भने बढोत्तरी आएको छ।काठमाडौंका सडक, चोक र गल्लीका सटरहरूमा कफी पसल च्याउझैं उम्रिएका छन् । यसले कफीप्रतिको रुचि बढाइदिएको छ ।


नेपालीहरू अहिले पनि क्याफेमा गएर कफी पिउन सम्भ्रान्त वर्गको पेयका रूपमा परिचित कफीको हैसियत अहिले पनि तल झरेको छैन। कफी पिउने पारखीको संख्यामा भने बढोत्तरी आएको छ । काठमाडौंका सडक, चोक र गल्लीका सटरहरूमा कफी पसल च्याउझैं उम्रिएका छन् । यसले कफीप्रतिको रुचि बढाइदिएको छ । नेपालीहरू अहिले पनि क्याफेमा गएर कफी पिउन हिच्किचाउँछन् ।

कफीको तितोपनको विशेषता र त्यसभित्र लुकेको मिठास आत्मसात नगरिसकेकालाई कफी तितोपनको पर्याय हो । विशेषता जान्नेका लागि भने त्यसको पर्याय स्फूर्ति र तरोताजापन हुन सक्छ ।


त्यहाँको सेटअप, मेनु र तौरतरिकाले उनीहरूलाई असहज बनाइदिन्छ । बाटोछेउमा खोलेको क्याफेभित्र छिरेर एक कप अर्डर गर्न भने खासै समस्या पर्दैन । कफी किन र केका लागि पिउने भन्ने जानकारी नहुँदा पनि नेपालमा कफी एक तहका व्यक्तिको पहुँचबाट उम्कन सकेको छैन । उनीहरु चारै जना एकपटक खुब हाँसे ।

मज्जाले हाँसे, आफ्नो हतारोप्रति, आफ्नो विश्लेषणप्रति, आफ्नो निस्कर्षप्रति र आँफैप्रति । किनकी उनीहरुले खाएको कफी वास्तवमै मिठो थियो भन्ने बुझ्न उनीहरुलाई उनीहरुकै आवेगले रोकेको थियो । यो यी चारैजनाको कुरा भयो ।

तर, यी चारैजनाको प्रभावमा परेका अरु थुप्रै असंख्यहरु अझै उन्मुक्त हाँस्न सकिरहेको छैनन् । किनकी यिनै चारै जनालाई पछ्याउँदा पछ्याउँदै उनीहरुको फुर्सदिलो व्यस्तताले रोकिरहेको छ, तिनीहरुलाई कफी किन नमिठो थियो भन्ने थाहा पाउन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी