भिमादमा सर्बाधिक धनराशिको भलिबल प्रतियोगिता हुने

दमौली न्युज
  • ख-
  • ख+

शालिकराम गहतराज
भिमाद : तनहुँको भिमादमा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु सम्मिलित भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । माघ १ गतेबाट भिमादमा वेष्ट ब्वइज क्लवको आयोजनामा ‘फस्ट बेस्ट ब्वाइज भलि फेस्ट–०८२’ आयोजना हुने भएको छ । विहिबार पत्रकार सम्मेलन मार्फत गण्डकी प्रदेशमा नै टाइगर कप पछि र तनहुँमा सर्वाधिक पुरस्कार राशि सहितको प्रतियोगिता गर्न लागेको आयोजकले जनाकारी दिएको हो ।

क्लवका अध्यक्ष संसार अञ्जान सुवेदीले भलिबल खेलाडीहरुको विकास र भिमादलाई खेलकुद क्षेत्रको उत्गम थलो बनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्लवहरु सहभागि हुने दावि गरेका छन् । त्यस अवसरमा नगर उद्योग वाणिज्य सघ भिमादका अध्यक्ष चत्तुर्भुज सुवेदीले संस्थाको तर्फबाट सक्दो सहयो गर्ने बताए।


क्लबका अध्यक्ष सुवेदीका अनुसार प्रतियोगितामा ६ टिम सहभागि हुने छ । प्रतियोगितामा प्रथम द्धितीय र सान्तवना हुने टिमले क्रमश ३ लाख , दुई लाख र ५०÷५० हजार पुरस्कार प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट हुने खेलाडीले सर्वोत्कृष्ट २० हजार र उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही १० हजार सहित सम्मानित हुने छन् ।

प्रतियोगिता सुरू देखि अन्त सम्म बिभिन्न बिधाका चर्चित कलाकारहरु समिक्षा अधिकारी, प्रकाश दुतराज, अर्जुन सापकोटा, बद्रि पंगेनी, शान्तारानी परियार, निश्चल दवाडी सहित आश्मा विश्वकर्मा र सविन राईको ब्याण्डको साँगितिक प्रस्तुती रहने पनि आयोजकले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्