विश्व–नेपाल–युवा : समाजवाद वा विनाशको बाटो

दमौली न्युज
  • ख-
  • ख+

शिव सदाशंकर

आजको विश्व फेरि दुई ध्रुवमा विभाजित भएको छ।एकातिर अमेरिकी नेतृत्वमा पुँजीवाद छ, जहाँ पैसा सबै कुरा हो, युद्ध अनिवार्य सर्त हो अनि जनता केवल उपभोगको साधन हुन्। अर्कोतिर चीन, रूस, उत्तर कोरिया जस्ता देशहरूको समाजवादी ध्रुव छन्, जहाँ राज्य नियन्त्रीत अर्थतन्त्र, श्रम र श्रमिकलाई सम्मान र सामूहिकतालाई प्राथमिकता दिइएको छ।रुस र चीन दुवैले आफूलाई समाजवादी भनिए पनि वास्तवमा समाजवादी मोडेलमा पूर्णरूपमा हिँड्न सकेनन्। सोभियत संघ विघटनपछि रुस पुँजीवादी बजारतर्फ ढल्कियो र जनताले भोगेको समानता र सुरक्षा गुमायो। चीनले आर्थिक उदारीकरणमार्फत चमत्कारी विकास त गर्‍यो तर त्यो विकास पुँजीवादी शैलीमै आधारित रह्यो—जहाँ नाफा प्राथमिकता भयो, श्रमिक र किसानको अधिकार भने दोश्रो पंक्तिमा धकेलियो। यी दुवै उदाहरणहरूले देखाउँछन् कि समाजवाद भन्नु केवल पार्टीको घोषणापत्रमा लेख्ने कुरा होइन, यो व्यवहारमा लागू गर्न सक्ने दृढ इच्छाशक्ति र सर्वहाराको अधिनायकत्वमार्फत मात्र सम्भव हुन्छ। यस्तो बहुध्रुवीय संघर्ष केवल भूराजनीतिक संघर्ष मात्र होइन, सभ्यताको संघर्ष पनि हो। मानव समाजलाई कहाँ लैजाने भन्ने भिन्न दुईवटा बाटो हो।

पुँजीवाद : युद्ध र असमानताको बाटो
मध्यपूर्व दशकौँदेखि पुँजीवादको प्रयोगशाला बनिरहेको छ। तेल र ग्यास नियन्त्रणका लागि आतंकवादका नाममा इराक, सिरिया, लिबिया जस्ता मुलुकहरू बर्बाद गरिए। लोकतन्त्र र मानवअधिकारको नारा दिए तर परिणाम असफल राज्य र विस्थापित जनता मात्र भयो।
पश्चिम युरोप समृद्ध देखिए पनि भित्र गहिरो असमानता छ। फ्रान्समा Yellow Vest Movement उठ्यो, जर्मनी र बेलायतमा मजदुर र विद्यार्थी सडकमा उत्रिए। कार्ल मार्क्सले भविष्यवाणी गरेका थिए – “पुँजीवाद आफ्नो अन्तिम चरणमा पुगेपछि आफूलाई नै खाइदिन्छ।”
आजको विश्वमा यही भविष्यवाणी प्रमाणित हुदैछ।

नेपाल : विद्रोह, वितृष्णा र दिशाहीनता
नेपाल पनि यस संघर्षबाट अलग छैन। पुराना दलहरूले आदर्श बेचिदिए, भ्रष्टाचारलाई संस्थागत बनाए र युवालाई रोजगारी, शिक्षा र भविष्य दिन सकेनन्। परिणामस्वरूप Gen-Z विद्यार्थी र युवामा वितृष्णा फैलियो। चीनसँगको GSI सम्झौता पछि भएको सडक आन्दोलन केवल आकस्मिक थिएन । त्यो आन्दोलनले पुराना नेताहरूको नालायिकीपन विरुद्धको आक्रोशले युवा पुस्ताको विद्रोहको रूप लिन पुग्यो तर दुर्भाग्य नै भनौ वैदेशिक शक्ति, एनजीओ–आईएनजीओ, र दलका नेताहरूले त्यसलाई राजनीतिक दाउपेच नबुझेका Gen Z को आन्दोलन हाइज्याक गरे। लेनिनले भनेका थिए:- “क्रान्ति स्वतःस्फूर्त विद्रोह होइन, योजनाबद्ध र संगठित आन्दोलन हो।” नेपालमा संगठित नेतृत्व र विचारको खालीपनले आन्दोलनलाई निर्णायक बनाउन सकेन तर असन्तोषको आगो अझै भित्र- भित्र सल्किरहेको छ।
Gen-Z युवा विद्यार्थी : भविष्यको निर्णयकर्ता
आज नेपालमा करिब ७०% जनता समाजवादप्रति आस्था राख्छन् तर समस्या छ, सही संगठन छैन, नयाँ पुस्ताको नेतृत्व अझै स्थापित भएको छैन।
👉 पुँजीवाद = भ्रष्टाचार, असमानता र युद्ध।
👉 समाजवाद = समानता, श्रमिकको सम्मान, जनताको शासन र शान्ति।
चे ग्वेराले भनेका थिए: “साँचो क्रान्तिकारी प्रेमले निर्देशित हुन्छ।” त्यस्तै ब्रुसलीले भनेका थिए: “Be like water—flexible yet powerful.”
त्यसैले, Gen-Z पुस्ताले आक्रोश मात्र होइन, प्रेम र लचकतालाई पनि आफ्नो आधार बनाउनुपर्छ।
👉 आक्रोश बिना विद्रोह सम्भव हुँदैन।
👉 प्रेम बिना समाजवाद मानवीय हुँदैन।
अब के गर्ने?
१. विद्यार्थीबीच सही संगठन निर्माण गर्नुपर्छ।
२. Gen-Z पुस्ताले पुरानो नेतृत्वलाई चुनौती दिनुपर्छ।
३. समाजवादी एकता कायम गर्नुपर्छ।
४. नयाँ नेपाल निर्माण गर्नुपर्छ,जहाँ विदेश जानु बाध्यता होइन, विकल्प मात्र हो।
समाजवाद वा विनाश
मध्यपूर्वको विनाश, युरोपको विद्रोह, र नेपालको असन्तोष, यी सबैले एउटै सन्देश दिन्छन्:
👉 पुँजीवाद संकटमा छ।
👉 समाजवाद भविष्य हो।
अब भ्रममा बस्ने समय छैन।विशेषज्ञहरुको मन्त्रिमण्डल, सुशासनको खोक्रो वाचा, विकासको प्रचार, यी सबै पुँजीवादी आवरण मात्र हुन्। यसको उदेश्य पैसा र शक्ति हो, जनता होइन। नेपालको भविष्य अब Gen-Z युवा विद्यार्थीको हातमा छ। पुँजीवादको दलदल रोज्ने कि, समाजवादको उज्यालो बाटो समात्ने ? यो निर्णय हाम्रो पुस्ताले गर्नुपर्छ। Gen-Z : दासत्वको साधन होइन, भविष्य निर्माणको संकल्प हो।
आकाश हेर्दा लाग्छ—कहाँ हरायो हाम्रो भविष्य?
पहाडले छोरा–छोरीलाई विदेशको विमानमा पठाउँछ,
तर खेत–बारी खाली छन्, घरका आँगन सुनसान छन्।
यो देशलाई बाँचाउने शक्ति तिमीGen-Z को हातमै छ।
अल्मलिएको वर्तमान
पुराना दलका नेताहरू,
जसले लोकतन्त्रको गीत गाए,
तर भ्रष्ट्राचार र स्वार्थको खेल खेले।
NGO र INGO हरू,
सहयोगको नाममा आए,
तर युवाको चेतना चोरे,
आशाको सपना विदेशी बजारमा बेचिदिए।
आज तिमी विद्यार्थी
पुस्तक हातमा बोकेर
भविष्य खोज्छौ,
तर जवाफ पाउँछौ—वैदेशिक रोजगारी।
जसले तिमीलाई श्रमिक होइन,
दास बनाउन खोज्छ।

विश्व ध्रुवीकरण
यो संसार दुई बाटोमा विभाजित छ,
👉️ पुँजीवाद: जहाँ मानिस वस्तु हुन्छ, श्रम सस्तो हुन्छ, सपनाको मूल्य पैसा हुन्छ।
👉 समाजवाद: जहाँ समानता हुन्छ, श्रमको सम्मान हुन्छ, र सपना सामूहिक भविष्यसँग गाँसिन्छ।
कार्ल मार्क्सको आवाज अझै गुन्जिन्छ: “श्रमिकले गुमाउन केही छैन, सिवाय आफ्ना हत्कडी।” तर यी हत्कडी तोड्ने हिम्मत तिमीहरूमै छ।
प्रेरणाका ज्योति
चेग्वभारा : “अन्याय देख्दा रिसाउ, किनकि रिस बिना क्रान्ति सम्भव छैन।”
नेल्सन मण्डेला: “शिक्षा त्यो हतियार हो जसले अन्धकारलाई उज्यालोमा बदल्छ।”
बुद्ध: “आफ्नै लागि तिमी नै ज्योति बन।”
यी आवाजहरू केवल इतिहास होइनन्, यी नै तिमीहरूको मार्गदर्शक हुन्।
तिमीहरूको जिम्मेवारी
विद्यार्थी र Gen-Z,
तिमीहरू केवल भविष्य होइन,
आजको वर्तमानका योद्धा हौ।
👉 तिमीहरूले बुझ्नुपर्छ—
विदेशको झिलिमिली सुन होइन,
यो देशमै सपना रोप्न सकिन्छ।
👉 तिमीहरूले उठाउनुपर्छ
समानताको झण्डा,
रोजगारीको माग,
शिक्षाको अधिकार,
र सम्मानजनक जीवनको लडाइँ।
नेपाल संक्रमणकालमा छ।
पुरानो ढल्दैछ, नयाँ जन्मिन खोज्दैछ।
यो जन्म पीडादायी छ
तर
जन्म नै आशाको संकेत हो।

आन्तोनियो ग्राम्सीको शब्द सम्झ: “पुरानो संसार मर्दैछ, नयाँ संसार जन्मिन संघर्ष गर्दैछ।” हुन्छ
Gen-Z,
तिमीहरू यही नयाँ संसारका दाई–दिदी, दाजु–भाइ, दिदी–बहिनी हौ।अल्मलिने होइन,भविष्य निर्माण गर्ने पुस्ता हौ।
पुँजीवाद र समाजवादको बहु ध्रुवीय संघर्षमा नेपाल
आजको विश्व दुई ध्रुवमा विभाजित छ—
👉 पुँजीवादी ध्रुव (अमेरिकाको नेतृत्वमा)
👉 समाजवादी ध्रुव (चीन लगायतको)
यी दुई ध्रुवबीचको संघर्ष केवल भूराजनीतिक मात्र होइन, दार्शनिक र आदर्श, विचारधारा र प्रतिवद्धता गुमाएका कारण युवामा वितृष्णा बढ्यो। त्यो वितृष्णाले स्वतन्त्र ढंगको विद्रोह जन्मायो।
तर, त्यो विद्रोहलाई विभिन्न एनजीओ,आईएनजीओ, दलका नेता र वैदेशिक शक्तिहरूले आफ्नो प्रभावमा लिन खोजे।
यतिबेला जेन्जी (Gen-Z) ले बुझ्नुपर्ने कुरा के हो भने:
👉 विद्रोह मात्र पर्याप्त छैन,
👉 संगठन, विचार र सही नेतृत्व अपरिहार्य छ।
लेनिनले भनेका थिएः “क्रान्ति बिना संगठन सफल हुँदैन र संगठन बिना विचार निरर्थक हुन्छ।”
त्यसैले, जेन्जीले विद्रोहलाई मात्र होइन, सिद्धान्त र संगठनलाई आफ्नो आधार बनाउनुपर्छ।
⚖️ पुँजीवाद वा समाजवाद—नेपालको बाटो
आज विश्वमा बहस दुई धारमा छ—
पुँजीवाद, जसले पैसा र पावरलाई मात्र केन्द्रमा राख्छ,
समाजवाद, जसले मानिस र श्रमलाई केन्द्रमा राख्छ।
नेपाल जस्तो देश जहाँ करिब ७०% जनता समाजवादी दृष्टिकोणमा आस्था राख्छन्, तसर्थ समाजवादको बाटो नै सही दिशातर्फको बाटो हो।
चे ग्वेभाराले भनेका थिएः “यदि तिमी अन्याय देख्दा मौन बस्छौ भने, तिमी अत्याचारीसँगै उभिएको छौ।”
त्यसैले मौनता वा भ्रमको राजनीति होइन, समाजवादी आन्दोलनको पुनर्गठन नै आजको आवश्यकता हो।
🚩 के गर्ने?
१. सही संगठन निर्माण — विचार, नीति र सिद्धान्तमा आधारित संगठन।
२. सही नेतृत्व चयन — पुरानो भ्रष्ट नेतृत्व होइन, नयाँ पुस्ताको क्रान्तिकारी नेतृत्व।
३. एकता र पुनर्गठन — बिखण्डन होइन, समाजवादी एकता।
४. जनताको सरकार — कार्यकारी विशेषज्ञहरूको भ्रममा नपरी, श्रमिक–किसान–युवा–विद्यार्थीको सरकार।
माओत्से तुङले भनेका थिएः “सत्ता बन्दुकको नालबाट जन्मिन्छ।” तर नेपालमा सत्ता, जनताको जागरणबाट जन्मिन्छ।
निश्कर्ष
नेपालले अब निर्णय गर्नुपर्छ—
👉 पुँजीवादको दलदलमा डुब्ने कि
👉 समाजवादको बाटो समातेर विश्वसामु गर्वका साथ उभिने।
Gen-Z ले होशियार र सजग भएर, विचारसहित संगठित भई अघि बढ्नु छ। त्यसैले, नयाँ आन्दोलन केवल विद्रोह होइन, विचार–संगठन–एकताको क्रान्ति बन्नुपर्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्