अनलाइन गेम मार्फत रकम असुली धन्दा चलाउँदै चितवनका अजय जिसी

दमौली न्युज
  • ख-
  • ख+

माघ ५, तनहुँ |
सावधान हुनुहोला काहिँ तपाईं अनलाइन गेम मार्फत पैसा कमाउने प्रलोभनमा त पर्नु भएको छैन । हिजो आज सामजिक सञ्जालमा अनलाईनबाट सजिलो सँग पैसा कमाउन सकिने भन्दै विभिन्न गिरोहहरु  सक्रिय भएको पाइन्छ ।

पोपाे लाईभ सञ्चालन गरेका जिसी दम्पती

अनलाइन गेम पोपाे का  नाउँमा आर्थिक प्रलोभन देखाई  विभिन्न बहाना बनाएर  चितवन घर भई नारायणगढको पुल्चोकमा गिफ्ट पसल खोली व्यवसाय गर्दै आएका अजय जिसी अवैध रुपमा आर्थिक कारोबार नेपालमा कानुन बमोजिम छ भनी विश्वास दिलाई इल्लिगल  अप्लिकेसन ‘पाेपाे एप’ भित्र विभिन्न वहानामा क्वाइन खरिद बिक्री  कारोबार गर्ने तथा नयाँ प्रयोग कर्ता हरुलाई  प्रलोभन देखाइ खातामा पैसा राख्न लगाउने गरेको पाइएको छ ।

नारायणगढको पुल्चोकमा सप्त गिफ्ट हाउस नामक  व्यवसाय गर्दै आएका अजय जिसी पोपो एप मार्फत आफ्नो एजेन्सिमा समावेश हुन लगाउने र आर्थिक मुनाफाको प्रलोभन देखाएर क्वाइन खरिद गर्न लगाई रकम असुली गर्ने गर्छन् । खेलमा समावेश हुन उक्साउने र विभिन्न वहानामा रकम असुली गर्दै नयाँ प्रयोग कर्ता हरुलाई ब्लक गर्दै आएका गुनासो पीडितहरुबाट आउन थालेको छ ।

अनलाइन गेमको एडभर्टाजमेन्ट राखी पीडितहरुलाई अनलाइन बेतिङ गेम खेल्नको लागि रकम डिपोजिट गर्न लगाउने गरेको   खुलेको छ । क्वाइन खरिद गरी लगानी गरेको खण्डमा फाइदा हुन्छ भन्ने जस्ता झुट्ठा आश्वासन दिई प्रलोभन देखाई  थुप्रै युवाहरुबाट रकम ठगी गरेको पीडितहरुले  जानकरी दिएका छन् ।

उनलाई प्रचलित कानुन बमोजिम ठगी तथा सट्टाबाजी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको गरियोस्  भन्ने  प्रस्ताव गर्दै पीडितहरुले दमौली न्युजकर्मी सँग आफ्नो पहिचान गोप्य राखिदिन समेत आग्रह गरेका छन् । जिसीले आफ्ना विभिन्न नामका अकाउन्टहरु खोली उनकी श्रीमती लक्ष्मी जिसी लगाएत नाबालिक छोरीलाई समेत खेलमा सहभागी गराउँदै आई रहेका छन् । ‘जिसी एजेन्सी’ नामक एजेन्सी खोली विभिन्न फरक फरक ३ ओटा आईडी बनाएर चरण बद्ध तरिकाले आर्थिक चलखेल गरी रहेका पीडितहरु बताउँछन् । निशुल्क गिफ्ट दिने प्रलोभन देखाएर एजेन्सीमा सम्मिलित हुन लगाउने गरेका उनले २०० भन्दा धेरै युवा युवतीहरुलाई आफ्नो एजेन्सीमा जोडेको पीडितहरुले बताए ।

आर्थिक प्रलोभन देखाएर अनलाईन सत्ते बाजी गर्ने र रकम असुली गर्नेहरूलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम आवश्यक अनुसन्धान एवं छानबिन गरियोस् भनी सम्बन्धित निकाय सबैको ध्यानाकर्षण गराउन चाहान्छौ । अवैध सट्टे बाजी तथा आर्थिक चलखेलका विषयमा जिल्ला  प्रशासन कार्यालय चितवन तथा जिल्ला प्रहरी कार्यालय चितवनको ध्यानाकर्षण गराउन चाहान्छौ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी