ऋषिङ्गको पाँचौं विद्यालय स्तरीय अध्यक्ष कप एवं राष्ट्रपति रनिङ शिल्ड बिहिबारबाट सुरु

दमौली न्युज
  • ख-
  • ख+

संजय श्रेष्ठ ।

मंसिर २१ गते बिहीबार देखि ऋषिङ्ग गाउँपालिकाको विद्यालय स्तरीय पाँचौं अध्यक्ष कप एवं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ऋषिङ्ग -१ झापुतारमा रहेको श्री सुक्ला माविमा सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथि अशोक कुमार श्रेष्ठले विद्यार्थीहरुलाई पढाई सँग सँगै खेल क्षेत्रलाई पनि अगाडि बढाउन र भोलिका दिनमा तनहुँ जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरमा आफ्नो क्षेत्रलाई खेल मार्फत चिनाउन सक्ने गरी खेलमा क्षेत्रमा होमिन आग्रह गरे । कार्यक्रमका विशिष्ट अतिथि ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै ऋषिङ्गले पूर्वाधारलाई मात्र विकासको रूपमा नलिई खेल क्षेत्रको विकासलाई समेत क्रमिक रूपमा अगाडि बढाएको बताए । निकटतम भविष्यमा उत्पादन हुने जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलाडी उत्पादनका लागि विद्यालय स्तरीय अध्यक्ष कप र राष्ट्रपति रनिङ शिल्ड कोषे ढुंगा सावित हुने श्रेष्ठले बताए ।

गाउँपालिकाले पालिका स्तरी अध्यक्ष कप तथा म्याराथन दौड प्रतियोगिताहरु विगत देखि आयोजना गर्दै आएको र आगामी वर्षहरुमा निरन्तरता दिने समेत श्रेष्ठ जानकारी दिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चीन बहादुर रानाभाट, गाउँपालिकाकी उपाध्यक्ष गिनुमया थापा,शिक्षा शाखा प्रमुख सुवाष चन्द्र रानाभाट सुक्ला माविका प्रधानाध्यापक केशर थापा लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सदस्य मोहन गिरी, महाधिवेशन प्रतिनिधि मोहन कुमार श्रेष्ठ, विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि तथा ११ ओटा मावि विद्यालयका शिक्षक प्रतिनिधि र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । तीन दिन सम्म सञ्चालन हुने अध्यक्ष कप एवं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न २६ ओटा विधामा खेल हुनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी